रामकुमारी सहितको एक समूह आज एमाले फर्किने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले माओवादी सहितका दलसँग एकता गरेपछि असन्तुष्ट रहेका समाजवादीका केही  नेताहरू आज एमालेमा फर्किने भएका छन् ।

एकतामा नगएका रामकुमारी झाक्री,किसान श्रेष्ठ,पिताम्बर तिम्सिना,अर्जुन राई सहितका नेताहरू सोमबार एमाले फर्कंदैछन्। महासचिव घनश्याम भुसाल सहितका नेताले भने छुट्टै पार्टी दर्ताको तयारी गरेका छन्।

सोमबार साढे दुई बजे राष्ट्रिय सभा गृहमा एमालेले ‘घर्क फर्क राष्ट्रिय अभियान’ सञ्चालन गर्दैछ। यही कार्यक्रममा पूर्वमन्त्रीहरु रामकुमारी झाक्री,किसान श्रेष्ठ सहित नेताहरू एमाले फर्कन लागेका हुन्। उनीहरुले केहीदिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा पुगेर सम्मान सहित हाँसेर बोलिदिए घर फर्किने बताएका थिए।

एमाले नेता महेश बस्नेतका अनुसार एकतामा समाहित नभएका रामकुमारी सहित निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान), एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य पीताम्बर तिमिल्सिना, अर्जुन राई, नवराज पौडेल, गम्भीरलाल श्रेष्ठसहितका नेता एमाले फर्कन लागेका हुन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय