बलिउड दम्पति विक्की-कट्रिनालाई पुत्रलाभ

काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ शुक्रबार आमा बनेकी छिन्। उनका श्रीमान् विक्की कौशल र कट्रिनाले इन्स्टाग्राममा छोरा जन्मिएको घोषणा गर्दै एक पोस्ट सेयर गरेका छन्।
विवाहको चार वर्षपछि कट्रिना र विक्की आमाबाबु बनेका हुन्।कट्रिना र विक्कीले आफ्नो पोस्टमा लेखेका छन्, “हाम्रो खुशीको सानो गुच्छा आइपुगेको छ। अपार माया र कृतज्ञताका साथ हामी हाम्रो छोरालाई स्वागत गर्दछौं। नोभेम्बर ७, २०२५, कट्रिना र विक्की।”
क्याट्रिना कैफले सेप्टेम्बरमा आफू गर्भवती भएको घोषणा गरेकी थिइन्। इन्स्टाग्राममा, उनले आफ्नो र विक्की कौशलको बेबी बम्प समातेको कालो र सेतो तस्बिर पोस्ट गरिन्। यसको साथमा, क्याट्रिनाले लेखिन्: ‘हामी जीवनको सबैभन्दा राम्रो अध्याय सुरु गर्न लागेका छौं, हृदयहरू आनन्द र कृतज्ञताले भरिएका छन्।’
कट्रिना र विक्कीको विवाह ९ डिसेम्बर २०२१ मा भएको थियो।

