७५ बर्षे ‘हिरो’ !

तपाईं चलचित्र प्रेमी हो भने आफुलाई मनपरेको अभिनेताको चलचित्र रिलिज हुँदा जागीर वा व्यवसायबाट छुट्टी नै लिएर हेर्न जानुभएको छ ? वा त्यस्ता अभिनेताको चलचित्र पहिलो दिनको ‘पहिलो शो’ नै हेर्ने गर्नुभएको छ ? चलचित्र र पात्र मनपरेमा त्यस्तो गर्ने पक्कै कोही हुनेछ।
तर, कुनै एक कलाकारको नयाँ चलचित्र रिलिज भएको दिन सरकारले सार्बजनिक बिदा नै दिने र राज्यले उत्सव मनाउने कुरा चाहिँ हाम्रालागि अनौठो हुनसक्छ । तपाईंले यस्तो सुन्नुभएको वा देख्नुभएको छ ? यदी छैन भने दक्षिण भारतीय कलाकार रजनी कान्तलाई सम्झिनुस त ! उनको चलचित्र रिलिज हुँदा कम्तीमा ४ वटा राज्यमा सार्बजनिक बिदा दिइन्छ। त्यतिमात्र होइन अक्सर शुक्रबार मात्रै रिलिज हुने भारतीय चलचित्र रजनी कान्तको अभिनय छ भने बुधबार नै रिलिज हुन्छ।
उमेरले ७५ बर्ष पुगेपनि दक्षिण भारतको सिङ्गो चलचित्र उद्योग काँधमा बोकेर हिंड्ने कलाकार हुन् रजनी कान्त। उनको फिल्मले सयौं करोड कमाउँछ। आज हामी उनैको जीवनको शुरुवाती दिनका संघर्ष र सफलताको बारेमा केही बुझ्न् प्रयास गरौं ।
रजनीकान्त दक्षिण भारतमा जन्मिएका हुन्। उनी तामिल र बलिउडका समेत सुपरस्टार हुन्। ७५ बर्ष पुगेपनी चलचित्रमा उनको अहिले पनि उस्तै सक्रियता छ। भर्खरै उनको अभिनय रहेको चलचित्र ‘कुली’ प्रदर्शन भयो र सयौं करोड कमायो। २०२६ मा उनको चलचित्र ‘जेलर-२’ रिलिज हुँदैछ।यो २०२३ मा रिलिज भएको सुपरहिट चलचित्र ‘जेलर’ को सिक्वेल हो।
रोचक कुरा त यो छ की- ७५ बर्षको उमेरमा समेत उनी मुख्य अभिनेता (हिरो) कै रुपमा फिल्म खेलिरहेका छन्।आफ्नो पहिलो फिल्मको लागी २ हजार लिएका उनी अहिले एउटै फिल्ममा १ सय पचास करोड भारु अर्थात नेपाली रुपैयाँ २ अर्ब २० करोड सम्म लिने गरेका छन्।
उनी अभिनित फिल्मले कमाई पनि निकै राम्रो गर्ने गर्दछन्।उनको २०१८ मा रिलिज भएको रोबोट २.० ले ८ अर्ब भारु कमायो। त्यसैगरी २०२३ मा रिलिज भएको जेलरले ६ अर्ब भन्दा बढी कमायो। उनका फिल्महरु ब्लकबस्टर हुने गरेका छन्।
कुनै समय रजनीकान्तले आफ्नो घर चलाउन कुलीको काम समेत गरेका थिए।पछि उनले बस कण्डक्टरको जागिर खाए।यस्को अलावा रजनीकान्तले जीवनमा अरु धेरै सानातिना काम पनि गरे। जसबाट न्युन पारिश्रमिक पाउने गरेका थिए।
रजनीकान्त स्टार बनिसकेपछि पनि उनको जीवनमा एकचोटी यस्तो समय आयो-उनका एकपछि अर्को फिल्म फ्लप हुदै गए।निर्माता-निर्देशकले उनको फिल्मी क्यारियर समाप्त भएको घोषणा नै गरे। यसैबीच रजनीकान्तले अमिताभ बच्चनको हिन्दी फिल्म डनको तामिल रिमेक ‘विल्ला’ मा अभिनय गरे।जुन फिल्मबाट उनी फेरी पुरानो लयमा फर्किए।त्यसपछि भने उनले आजको दिनसम्म पछाडि फर्केर हेर्न परेको छैन।उनले दश बर्षमा एकसय फिल्म खेलेर रेकर्ड राखे।
रजनीकान्त भारतका सबैभन्दा सम्मानित कलाकार मध्येमा पर्छन्।उनी साधारण कपडामा देखिन्छन्।विनम्र स्वभाव छ।स्टारडमको घमण्ड गर्दैनन्।उनले आफ्नो कमाईबाट धेरै पैसा दिनदुखीलाई सहयोग गर्छन्।गरिब र असाहयका लागी अस्पताल र परोपकारी संस्थाका विभिन्न परियोजनाहरुमा समेत पैसा दिने गर्छन्। आज संसारभरिमा रजनीकान्तका करोडौं प्रशंसक (फ्यान) छन्।उनलाई भारतका धेरै प्रान्तमा भगवान झैं मान्छन्।उनको तस्विर राखेर भगवानलाई झैं पूजा गर्ने प्रशंसकहरु पनि धैरै छन्।
रजनीकान्तका केही प्रेरणादायी भनाई यस्ता छन्।
-तिमी कहाँबाट आयौ भन्ने कुरा महत्वपूर्ण होइन
तिमी कहाँ पुग्न चाहन्छौ भन्ने कुरा चाहि महत्वपूर्ण हो।
– स्टाइल लुगा वा अनुहारमा होइन,तिमीले आफूलाई कसरी प्रस्तुत गर्छौ त्यसमा हुन्छ।
– साधारण बन।मानिसले तिमीलाई तिम्रो सरल स्वभावकै लागि माया गर्नेछन्।
– हरेक दुःखले एउटा न एउटा पाठ सिकाउॅंछ र त्यो पाठले मानिसलाई बदल्छ।
रजनीकान्तको जीवन केही सिक्न र बन्न चाहनेहरुका लागी खुला विश्वविद्यालय जस्तै हो।उनीबाट हामीले धेरै प्रेरणा लिन सक्छौ।रजनीकान्त जस्तै संघर्षशील मिहिनेती,विनम्र स्वभाव,दयालु भावना र घमण्ड रहितको जीवन बाँच्न सक्छौं।

