अदालतमा आगो : ४ अर्बको भौतिक क्षति

काठमाडौं । भदौ २३ र २४ गते भएको ‘जेन-जी’ प्रदर्शनका क्रममा देशका विभिन्न अदालतमा आगो लगाइएको र त्यसबाट ४ अर्ब भन्दा बढीको भौतिक क्षति भएको देखिएको छ।

सर्बोच्च अदालत सहित भदौ २४ मा देशका २३ वटा अदालतमा आगो लगाइएको थियो। आगो लगाउन पुगेका जथ्थाले अदालत भित्र भएका सामान पनि लुटपाट, तोडफोड र आगजनी गरेर ध्वस्त पारेका थिए। क्षतिको अनुमानित विवरणसहित अदालतहरूले अपराधीमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रहरीमा जाहेरी दिएका छन् ।

अदालतका चारपांग्रे एसी गाडी १२९ वटा जल्दा एक अर्ब २३ करोडबराबरको क्षति भएको छ । एक हजार ४९२ कम्प्युटर, ६३५ ल्यापटप, ८५४ थान प्रिन्टर तथा भिडियो कन्फरेन्स सेट ८६ वटा जलेको छ । यससँगै उच्च अदालतसम्म भिडियो कन्फरेन्समार्फत बहस गर्न पाउने सुविधा सञ्चालनका लागि कुर्नुपर्ने अवस्था बनेको छ ।

सर्वोच्चसहित १० अदालतमा पूर्ण क्षति, नौवटामा आंशिक क्षति र चार अदालत भनवमा समान्य क्षति भएको छ । सर्वोच्चका चालु मुद्दाका २० हजार मिसिल जले । एक लाख ९७ हजार अभिलेख जलेर नष्ट भएका छन् ।

“झन्डै डेढसय वर्ष पुराना अभिलेख नष्ट भएका छन् । अब अदालत नियमिततामा फर्कन नै कति समय लाग्ने हो अहिले नै भन्न सकिने अवस्था छैन,” सर्वोच्चका मुख्य रजिष्ट्रार विमलप्रसाद पौडेल भन्छन्, “हामी मंसिरदेखि सबै सेवा सञ्चालनको तयारी गर्दैछौँ ।”

सर्वोच्चले खरिद गरेर खोल्दै नखोलिएका १३२ ल्यापटप जलेका छन् । अहिले आएको विवरण भवनहरूको ह्रासकट्टीसहितको मूल्यांकन हो । नयाँ निर्माणका लागि लाग्ने खर्च भने अहिले अनुमान गरिएको क्षतिभन्दा धेरै ठूलो लगानी आवश्यक पर्ने देखिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • कांग्रेस नेता आलमको निधन

    काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ। रौतहट बमकाण्डका आरोपित...

  • बलिउड दम्पति विक्की-कट्रिनालाई पुत्रलाभ

    काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ शुक्रबार आमा बनेकी छिन्। उनका श्रीमान् विक्की कौशल र कट्रिनाले इन्स्टाग्राममा छोरा...

  • ७५ बर्षे ‘हिरो’ !

    तपाईं चलचित्र प्रेमी हो भने आफुलाई मनपरेको अभिनेताको चलचित्र रिलिज हुँदा जागीर वा व्यवसायबाट छुट्टी नै लिएर हेर्न जानुभएको...

  • असोजको बाढीपहिरोमा ३ अर्ब ७८ करोड क्षति

    तस्विर: पूर्णप्रसाद न्यौपाने, रासस काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब...