सुप्रीम सहकारी प्रकरण : जिल्लाको फाइल मागियो

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण मुद्दामा उच्च अदालतले जिल्लाको फाइल मगाउने भएको छ।

सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति लामिछाने र पूर्व डीआईजी छविराज जोशीको मुद्दामाथि उच्च अदालत बुटवलमा आज भएको इजलाशले रुपन्देही जिल्ला अदालतबाट पठाइएका आदेश तथा कागजातहरू माग गर्ने आदेश गरेको हो।

न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको इजलासले लामिछाने र जोशीसम्बन्धी मुद्दाका सबै फाइल र आदेश जिल्ला अदालत रुपन्देहीबाट झिकाउने आदेश गरेको थियो। रवि लामिछानेका समर्थकले भने दिउँसोदेखि नै सामाजिक संजाल मार्फत रवि छुट्ने हल्ला फैलाइरहेका थिए।

फाइल आएपछि लामिछानेले बिगोबराबर रकम बुझाएर थुनामुक्त हुन पाउने मागमाथि सुनुवाइ हुनेछ । सुनुवाइका क्रममा मिसिल अपुग भएकाले अर्को पेशी तोकिएको छ । रवि लामिछाने सुप्रीम बाहेक पनि पोखरा,काठमाडौं,चितवनका विभिन्न सहकारी ठगी प्रकरणमा धरौटी बुझाएर छुटेका थिए। तर, सुप्रीमको मुद्दामा भने पुर्पक्षका लागि कारागार चलान भएका थिए। हाल उनी नख्खु कारागार काठमाडौंमा छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • कांग्रेस नेता आलमको निधन

    काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ। रौतहट बमकाण्डका आरोपित...

  • बलिउड दम्पति विक्की-कट्रिनालाई पुत्रलाभ

    काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ शुक्रबार आमा बनेकी छिन्। उनका श्रीमान् विक्की कौशल र कट्रिनाले इन्स्टाग्राममा छोरा...

  • ७५ बर्षे ‘हिरो’ !

    तपाईं चलचित्र प्रेमी हो भने आफुलाई मनपरेको अभिनेताको चलचित्र रिलिज हुँदा जागीर वा व्यवसायबाट छुट्टी नै लिएर हेर्न जानुभएको...

  • असोजको बाढीपहिरोमा ३ अर्ब ७८ करोड क्षति

    तस्विर: पूर्णप्रसाद न्यौपाने, रासस काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब...