आज ९ कम्युनिस्ट जुट्ने

काठमाडौं । नेपालमा अझैपनी कम्युनिस्ट नामधारी धेरै पार्टी जिवित छन् । ती मध्य आज ९ वटा पार्टी मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा हुने भएको छ।

अहिले देखिएका कम्युनिस्ट पार्टी मध्य दोस्रो ठूलो नेकपा माओवादी केन्द्र र तेस्रो ठूलो कम्युनिस्ट पार्टी नेकपा (एकीकृत समाजवादी) सहित अन्य साना कम्युनिस्ट टुक्रा एकैठाउँ मिसिएर एउटै पार्टी बन्न लागेको हो। नेपालमा नेकपा एमाले अहिले पनि सबैभन्दा बढी जनमत र नेताकार्यकर्ता भएको ठूलो पार्टी हो।

आज (बुधबार) दिउँसो काठमाडौंको भृकुटीमण्डपबाट घोषणा हुन लागेको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधवकुमार नेपाल सह-संयोजक हुनेछन् । यद्यपि माओवादी केन्द्र र समाजवादीका धेरै नेताकार्यकर्ता यो घोषणा सभामा नजाने भएका छन् । माओवादी उपमहासचिव जनार्दन शर्मा र सचीव राम कार्की सहितका नेताले सभामा नजाने भन्दै एकता नै गलत भएको बताएका छन् ।

त्यसैगरी समाजवादीका सम्मानित नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाल र महासचिव घनश्याम भुषाल सहित सयौं नेताले एकता घोषणालाई बहिष्कार गर्ने र पार्टी पुनर्गठन गर्ने बताइसकेका छन् । अझै पनि केही कम्युनिस्ट नेताहरू छुट्टै बसेर एकले अर्कालाई दोषारोपण गर्न,लान्छना लगाउन र बिज्ञप्ति जारी गर्न सक्रिय देखिन्छन् । त्यसमा पनि माओवादीबाट टुक्रिएर बनेका आधा दर्जन पार्टी अझै अस्तित्वमा देखिन्छन् ।

आज ९ पार्टी मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा भए पनि नेकपा एमाले सहित नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, मोहन बैद्द र सिपि गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, मोहनबिक्रम सिंह नेतृत्वको नेकपा मसाल, नारायण मान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी,विश्वभक्त दुलाल आहुती नेतृत्वको बैज्ञानिक समाजवादी लगायत दर्जन बढी कम्युनिस्ट पार्टी अझै बजारमा हल्ला गर्न बाँकी हुनेछन् ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • कांग्रेस नेता आलमको निधन

    काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ। रौतहट बमकाण्डका आरोपित...

  • बलिउड दम्पति विक्की-कट्रिनालाई पुत्रलाभ

    काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ शुक्रबार आमा बनेकी छिन्। उनका श्रीमान् विक्की कौशल र कट्रिनाले इन्स्टाग्राममा छोरा...

  • ७५ बर्षे ‘हिरो’ !

    तपाईं चलचित्र प्रेमी हो भने आफुलाई मनपरेको अभिनेताको चलचित्र रिलिज हुँदा जागीर वा व्यवसायबाट छुट्टी नै लिएर हेर्न जानुभएको...

  • असोजको बाढीपहिरोमा ३ अर्ब ७८ करोड क्षति

    तस्विर: पूर्णप्रसाद न्यौपाने, रासस काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब...