हर्कको पार्टीमा पश्चिमका शून्य, खस-आर्य नगन्य (नामावलीसहित)

काठमाडौं । जेन-जी आन्दोलन पछि दल दर्ताले तिब्रता पाएसँगै धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साङपाङ) ले पनि दल दर्ताको निवेदन दिएका छन् ।

भदौ २३/२४ को जेन-जी आन्दोलन पछि प्रधानमन्त्री हुन काठमाडौं आएका साङपाङलाई काठमाडौंका मेयर बालेन साह सहित केही ब्यक्तिले धोका दिएको चर्चा पनि छ। त्यसैले हर्कले आफैं दल दर्ता गरेर फागुन २१ को निर्वाचन मार्फत प्रधानमन्त्री बन्ने बाटो रोजेका छन् । यसमा उनलाई जनजाति आन्दोलनमा लागेका केही ब्यक्तिले साथ दिनसक्ने बुझिन्छ । नयाँ दल दर्ता प्रक्रियासँगै आफ्नो श्रम अभियानलाई पनि निरन्तरता दिइरहेका हर्कले देश बनाउने सपना छ भन्ने गरेका छन् ।

तर,हर्कको ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ताको प्रक्रियामा रहेका बेला पार्टी केन्द्रीय समितिमा रहेका नामले भने धेरैलाई आश्चर्यमा पारेको छ। उनको पार्टीमा देखिएका अधिकांश ब्यक्ति काठमाडौं भन्दा पूर्वका र त्यसमा पनि जनजाति अधिक रहेका छन् । हर्कले निर्वाचन आयोगमा दिएका नाम हेर्दा काठमाडौं भन्दा पश्चिम र मधेसका १ जना पनि छैनन् ।

माटो चुनाव चिन्ह सहित दर्ता हुन लागेको श्रम संस्कृति पार्टीमा पूर्वको केन्द्र धरान उपमहानगरका मेयर हर्क साङपाङ आफैं अध्यक्ष छन् । उनी जनजाति हुन् । त्यसैगरी उनिसहितको २८ सदस्यीय केन्द्रीय समितिमा खस आर्य समूहका जम्मा ४ जना छन् । हर्कले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन हेर्दा ५ सदस्यीय पदाधिकारीमा सबै जनजाति मात्रै छन् । जसमा उपाध्यक्ष राजकुमार तामाङ, महासचिव आर.एन राई, कोषाध्यक्ष समिता राई र प्रवक्ता अरुण गुरुङ रहेका छन् । उनीहरु सबै काठमाडौंदेखि पूर्वका हुन् ।

नागरिकताको आधारमा हेर्दा उपाध्यक्ष लामा काठमाडौं बुढानीलकण्ठ नगरपालिका-११ का बासिन्दा हुन् । त्यसैगरी महासचिव राई खोटाङका र कोषाध्यक्ष राई झापाको भद्रपुर अनि प्रवक्ता गुरुङ धरान,सुनसरीका हुन् । उनीहरु सबै जनजाति र काठमाडौंदेखी पूर्वका भएको देखिन्छ।

यस्तै ‘श्रम संस्कृति पार्टी’  केन्द्रीय सदस्य रहेका पञ्चलाल तामाङ पनि मकवानपुरका हुन् । अर्कि केन्द्रीय सदस्य आशा लामा काठमाडौं, लक्ष्मी राई इलाम,समीर तामाङ धरान, मेघराज दुलाल झापा, पुष्पा राई काठमाडौं, धनबहादुर श्रेष्ठ काठमाडौं र गोपालबहादुर खड्का मोरङका रहेका छन् । सबै काठमाडौ भन्दा पूर्वका हुन् ।

यस्तै लोकनाथ चुडाल झापा, सुनिता राई सुनसरी, चन्द्रकला यासा धरान, मिश्रा राई भोजपुर, दीपेन्द्र डंगोल काठमाडौं, सुन्दर लामा मकवानपुर, अञ्जली राई धनकुटा, सुवास घिसिङ रामेछाप, रेणुका राई खोटाङ, जितेन राई झापा,अम्बिकादेवी संग्रौला सुनसरी, प्रसाद राई भोजपुर, रमन राई सुनसरी र सुरेश घिसिङ दोलखा रहेका छन् । यी सबै काठमाडौं भन्दा पूर्वका हुन् । त्यसमा पनि मधेसका कोहि पनि छैनन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय