मुग्लिन-नारायणगढ सडकको तीन ठाउँमा पहिरो

काठमाडौं । पूर्व-पश्चिम जताबाट यात्रा गरेपनी पार गर्नैपर्ने सबैभन्दा ब्यस्त सडक मुग्लिन-नारायणगढ खण्ड आज पनि बन्द छ। यो सडकको तीन स्थानमा पहिरो खस्दा चितवन भएर गुड्ने सवारी साधन पूर्ण रूपमा रोकिएका छन् ।

पहिरोको जोखिमका कारण हिजो साँझ ६ बजेदेखि नै यस क्षेत्रमा जिल्ला सुरक्षा समितिले गाडी चलाउन रोकेको थियो । चितवनका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार अहिले तुइनखोला , कालीखोला तथा फिस्लिङ देखि उत्तर खण्डमा समेत पहिरो खसेको छ ।

जसका कारण दुबैतर्फ सडक अवरुद्ध रहेको छ । तीन स्थानमा अहिले पनि पहिरो तथा ढुङ्गा खसिरहेको उनले जानकारी दिए । पहिरो गएका स्थानमा बाटो खुलाउने काम पनि भइरहेको जनाइएको छ । पानी रोकिएमा पहिरो पन्छाउने काम तीब्र गतिमा हुने र बाटो खुल्न अझै केही घण्टा लाग्ने छ।

यसैगरी आज पनि देशका धेरै ठाउँमा पानी पर्नेक्रम जारी रहने मौसमविदको भनाइ छ। काठमाडौं उपत्यकामा रातिदेखि पानी रोकिएको छ भने अन्य केही स्थानमा पानी परिरहेको छ। मौसमी वायु क्रमशः पूर्वमा सक्रिय भैरहेकोले आज साझदेखि यातायात केही खुल्न सक्ने र नदीका जलसतह पनि घट्दै जानेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय