नागढुङ्गाबाटै फर्काइए सवारीसाधन

काठमाडौं । अविरल वर्षाले बाढी पहिरोको जोखिम बढेको र कतिपय राजमार्ग अवरुद्ध भैसकेको भन्दै सवारीसाधनलाई नागढुङ्गा चेकपोस्टबाटै फिर्ता गराइएको छ।
प्रहरीले बिहानैदेखि माइकिङ गरेर पृथ्वीराजमार्गमा पहिरोले धेरै ठाउँमा सडक अवरुद्ध भएको र अगाडि बढ्ने अवस्था नरहेको जनाउ दिदै आएको छ। अहिले काठमाडौं उपत्यकाबाट बाहिर जान लागेका सयौं सवारीलाई नागढुङ्गाबाटै फिर्ता पठाइएको छ।
यसैबीच भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले बाढी पहिरो र वर्षाको क्षति समेतको रिपोर्टिङ गर्न र तत्काल उद्दार गर्नुपर्ने भएमा सबै शक्ति परिचालित हुन निर्देशन दिएका छन् । सरकारले अबको ३ दिन कुनैपनी राजमार्गमा आवतजावत नगर्न समेत भनेको छ। अहिले पनि कोशी राजमार्ग,अरनिको राजमार्ग,पृथ्वी राजमार्ग र बिपि राजमार्ग पूर्ण बन्द छ। मुग्लिङ-नारायणगढ सडक पनि बन्द छ।
त्यसैगरी सरकारले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । असोज १८,१९ र २० गते लामोदुरीका कुनैपनी सवारी नचल्ने र छोटो दूरीको पनि अवस्था हेरेर मात्रै चलाउन सुझाव दिएको हो।

