शेरबहादुर देउवाको ससुरालीमा सिआईवीको छापा


काठमाडौ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ससुराली घरमा प्रहरीले छापा मारेको छ। देउवाको ससुराली खलक राणा हुन् ।

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणाको भाइ भुुषण राणाको ललितपुर जावलाखेल स्थित घरमा प्रहरीले आइतबार राति छापा मारेको हो। राणा हाल युरोपमा छन् । राति जावलाखेलस्थित निवासमा पुगेर सिआइवीको टोलीले उनको घरमा छापा मारेको स्रोतले पुष्टि गरेको छ।

भुटानी शरणार्थी लगायत ठूला भ्रष्टाचार काण्डमा नाम जोडिएको आरोप खेप्दै आएकी देउवा पत्नी आरजुलाई भाइले सहयोग गर्ने गरेको दाबी गरिन्छ। यद्यपि अहिलेसम्म त्यस्तो कुनै भरपर्दो स्रोत भने भेटिएको छैन।

जेन-जी आन्दोलनपछि घर जलेर अहिले अस्पतालमा उपचाररत देउवा दम्पती केही समय यही भाइको घरमा बस्ने पनि बुझिएको छ।त्यसैले पनि प्रहरीले थप केही सुराक भेटिने अपेक्षा गरेर छापा मारेको हुनसक्छ ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय