गुल्मीमा चट्याङले एक बालिकाको मृत्यु, पाँच घाइते

गुल्मी । गुल्मीमा परेको चट्याङले एक बालिकाको ज्यान लिएको छ भने पाँचजना घाइते भएका छन्। चट्याङ लागेर तीनवटा गोरु पनि मरेका छन्।

मदाने गाउँपालिका–५ झ्यानपानीमा बुधबार राति परेको चट्याङले ४ वर्षीया रियासा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

आफ्नै घरमा बुबाआमासँग सुतिरहेको बेला चट्याङ पर्दा रियासाको घटनास्थलमै ज्यान गएको हो। उनका बुबा २३ वर्षीय नेरसिंह विक र आमा २२ वर्षीया सुन्तली विक घाइते भएका छन्। उनीहरूलाई प्रारम्भिक उपचारपछि प्यूठान अस्पताल पठाइएको छ।

त्यसैगरी, इस्मा गाउँपालिका–४ दोहोलीमा पनि चट्याङ लागेर ४६ वर्षीया निर्मला खत्री, इस्मा–५ की २५ वर्षीया कालीका खत्री र धुर्कोट–७ का ५८ वर्षीय कृष्णप्रसाद पन्थी घाइते भएका छन्। उनीहरूको तम्घासस्थित गुल्मी अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच, मालिका गाउँपालिका–४ खामदेशस्थित सामुदायिक वनमा दुर्गाप्रसाद र चिरञ्जीवी अर्यालका तीन गोरु चट्याङ लागेर मरेका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...