माओवादी झगडा ९ गते मिलाइने !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले असोज ९ गते केन्द्रीय समिति बैठक आह्वान गरेको छ। यही बैठकबाट प्रचण्डको नेतृत्व परिवर्तन,बिशेष महाधिवेशन वा यही नेतृत्वलाई निरंतरता भन्ने झगडाको ओखती खोजिने छ।

माओवादी केन्द्रको भर्खरै सम्पन्न पदाधिकारी बैठकमा उठेका विविध बिषयलाई केन्द्रीय समिति बैठकमा पनि छलफल गरिने माओवादीले जनाएको छ। जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थिति,संसद विघटन,फागुन २१ को निर्वाचन र पार्टी भित्रको जटिलताका बिषयमा समेत केन्द्रीय समिति बैठकमा गम्भीर समिक्षा हुने एक पदाधिकारीले बताए।

पदाधिकारी बैठकमा प्रस्तावित विशेष महाधिवेशन र केन्द्रीय समिति भंग गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने बिषयलाई पनि केन्द्रीय समितिले अनुमोदन गर्न सक्ने बुझिएको छ। पार्टी भित्र अध्यक्ष समेत सबै पदाधिकारीले राजिनामा दिएर नारायणकाजी श्रेष्ठलाई संयोजक बनाउने सम्म कुरा उठेको थियोे ।

आन्दोलनकारीले आगो लगाएर ध्वस्त पारेको पेरिसडाँडा स्थित कार्यालयमा बसेको बैठकमा उपमहासचिव जनार्दन शर्माले अध्यक्षसहित सबै पदाधिकारीले राजीनामा दिनुपर्ने र वरिष्ठ नेतालाई संयोजक तोकेर विशेष महाधिवेशनतिर अघि बढ्नुपर्ने धारणा राखेका थिए। तर, उनको कुरामा बहुमत पदाधिकारीले असहमति जनाएको बुझिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...