अर्थ समिति सभापति चालिसेले फिर्ता गरे सुबिधाको गाडी

काठमाडौं । संसद विघटन भएसँगै प्रतिनिधि सभाको बिषयगत समितिका सभापतिहरुले सुबिधाका गाडी फिर्ता गर्न थालेका छन् ।

यसरी सुबिधाको गाडी फिर्ता गर्नेमा अर्थ समिति सभापति सन्तोष चालिसे सबैभन्दा अगाडी भएका छन् । उनले संसद विघटन पश्चात् सुबिधाको गाडी चड्न नहुने तर्क सहित गाडी फिर्ता गरेका हुन् । चालिसे नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नम्बर-३ का निर्वाचित सांसद हुन् । उनी गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर समेत हुन् ।

त्यसैगरी चालिसेसँगै राप्रपा नेता दिपक सिंह र एमाले सांसद किरण शाहले पनि गाडी फिर्ता गरेका थिए। प्रतिनिधि सभाको १० वटा समिति मध्य हालसम्म चालिसे,सिंह र साह बाहेक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुशुमदेवी थापाले पनि गाडी फिर्ता गरेको रेकर्डमा देखिएको छ।

राज्यव्यवस्था समिति सभापति रामहरि खतिवडाले राजिनामा दिएपछि इश्वरी न्यौपाने सो समितिको सभापति बनेकी थिइन् । खतिवडा भने जेन-जी आन्दोलन सुरु भएकै दिन संसदिय सुनुवाइ समिति सभापति निर्वाचित भएर सपथ खादै थिए। सपथको केही घन्टा मै प्रधानमन्त्री केपी ओलीको राजीनामा र त्यसपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भैसकेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय