रामेश्वर अर्थ, कुलमान ऊर्जा र ओमप्रकाश गृहमन्त्री, शपथ आज

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज कम्तीमा ३ मन्त्री नियुक्त गर्ने तयारी छ। उनीहरूको शपथ आजै हुनेछ ।

कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम आइतबार राति टुङ्गो लागेको बालुवाटार निकट स्रोतले बतायो। नवनियुक्त मन्त्रीहरूलाई थप मन्त्रालयको समेत जिम्मेवारी हुनेछ। मन्त्री मन्डलको आकार सानो हुने पनि जनाइएको छ।

स्रोतले बताए अनुसार अर्थमन्त्रीमा पूर्व अर्थ सचिव समेत रहेका अर्धविज्ञ डा.रामेश्वर खनाल नियुक्त हुँदै छन् भने ऊर्जा, भाैतिक पुर्वाधार र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ तथा कानुन मन्त्रीमा ओम प्रकाश अर्यालको कबिर पक्का भएको छ । उनलाई गृहसहित कानुन मन्त्रालयको पनि जिम्मेवारी दिन लागिएको छ।

अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकार बनेर काम गरेका छन् भने घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक थिए। केपी ओली नेतृत्वको सरकारले उनलाई गत फागुनमा हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय