कांग्रेस नेता धमला भन्छन् -‘महासमिति बैठक चाहियो’

काठमाडौं । नेपाली कांग्रेस धादिङका निवर्तमान सभापति एवं महासमिति सदस्य रमेश धमलाले पार्टीले तुरुन्तै महासमित बैठक आव्हान गर्नुपर्ने बताएका छन् ।

जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर धमलाले यो कुरा सार्बजनिक गरेका हुन् । उनले राष्ट्रपतिले खेलेको भूमिका बारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने,जेन-जी आन्दोलनको प्रभाव र विश्लेषण सहित परिवर्तित अवस्थामा बनेको नयाँ सरकारलाई पार्टीको हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्ने समेत भनेका छन् ।

यसैगरी दुई तहको मात्रै सरकार हुनुपर्ने, प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपती भन्नेमा पार्टी स्पष्ट हुनुपर्ने, सांसदहरु विधायक मात्रै हुने मन्त्री बन्न नपाउने,दलविहीन स्थानीय तह हुनुपर्ने समेत उनले औंल्याएका छन् । धमला धादिङ कांग्रेसमा स्वच्छ छविका युवा नेता मानिन्छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय