सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको तयारी भएको छ। कार्कीको पक्षमा सकारात्मक जनमत तयार भएको देखिन्छ।

कार्कीको पक्षमा अधिकांश जेन-जीका युवा र काठमाडौं महानगरका मेयर बालेन साहको समेत समर्थन जुटेको छ। नेपाली सेना,कर्मचारी र राजनीतिक दलका केही नेताको पनि सुशीला कार्की प्रति समर्थन देखिएको छ।कार्कीले पनि यसबारेमा जिम्मेवारी लिन चाहेको कुरा बाहिर आएको छ।

दलका धेरैजसो नेताले राजनीतिक हिसाबले छलफल र सम्बाद गर्न चाहेका छन् । यद्यपि तत्काल नेताहरू सार्बजनिक हुने अवस्था छैन। तर,सुशीला कार्कीको नेतृत्वमा सरकार गठन हुँदा दलहरूले चुनावी सरकारको रुपमा स्वीकार गर्ने देखिन्छ।

मध्यराति काठमाडौं महानगरका मेयर बालेन साहले संजालमा साझा गरेको धारणाले पनि धेरै कुरा पुष्टि गर्दछ। उनले नम्र भाषामा संसद विघटन, अन्तरिम सरकार र जेन-जीलाई पनि आफ्नो भनाइमा समेटेका छन् ।

बालेनको कुरा :

प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,

अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।

यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।

तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।

सम्माननिय रास्ट्रपति ज्यु ,

Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय