मृतकको संख्या ८ पुग्यो, अझै बढ्न सक्ने !

काठमाडौं । काठमाडौंमा भएको जेनजीको आन्दोलनमा प्रहरीको गोली लागी ८ जनाको मृत्यु भएको छ।

बानेश्वर संसद भवन अगाडि नै एक प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । त्यसपछि खोजी गर्दै जाँदा सिभिल हस्पिटल,केएमसी हस्पिटल र ट्रमा सेन्टर लगिएका घाइते मध्य ७ जनाको मृत्यु भएको पुष्टि भैसकेको छ । अझै अन्य केही ब्यक्ति गम्भीर छन् ।

बानेश्वर क्षेत्रमा आन्दोलन अनियन्त्रित भएपछि प्रहरीले गोली चलाएको थियो । गोली र अश्रुग्यास लागेर अन्य ८० जनाभन्दा बढी घाइते भएको बुझिएको छ।

यसैबीच काठमाडौमा आन्दोलन तातेपछी त्यसको असर बाहिरी जिल्लामा पनि परेको छ। पोखरामा पनि कर्फ्यु जारी भएको छ । उता बिराटनगर,चितवन र दमक असान्त छ।

उता, प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेका लागि मन्त्री परिषद बैठक बोलाएका छन् । नेपाली कांग्रेसले पनि यसबारे थप धारणा बनाउन छुट्टै बैठक बोलाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाइसकेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय