प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । बुधबार राति प्रधानमन्त्री सहितको टोलि फिर्ता भएको हो।
चिनियाँ राष्ट्रपति सी जिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ) समिट तथा विश्वयुद्धको ८० औं वर्षको विजयोत्सवका क्रममा आयोजित सैन्य परेडमा सहभागी हुन प्रधानमन्त्री चीन गएका थिए।
प्रधानमन्त्री,उनकी पत्नी राधिका शाक्य सहित भदौ १४ मा चीन गएको नेपाली टोलीले चीनका विभिन्न ठाउँ भ्रमण गरि त्यहाँको धानखेती अवलोकन समेत गरेको थियो।
प्रधानमन्त्रीले चीन भ्रमणको क्रममा चीनका राष्ट्रपति सिजिन्फिङ सहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी,रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतसँग भेट गर्नुको साथै २६ देशका राष्ट्रप्रमुखसँगै परेड खेलेका थिए।
प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी सहित शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाली कांग्रेसका उपसभापति तथा सांसद पूर्णबहादुर खडका, नेकपा एमालेका सचिव तथा सांसद छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका अधिकारीहरू रहेका थिए।
प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति चिनफिङबिच शनिबार द्विपक्षीय भेटवार्ता भएको थियो।

