सुडानको पहिरोमा १ हजारको मृत्यु

काठमाडौं । पश्चिमी सुडानको मारा पहाड स्थित दुर्गम गाउँमा पहिरोका कारण १ हजारको ज्यान गएको छ।

बीबीसीका अनुसार धेरै दिनसम्म लगातार भएको भारी वर्षाका कारण अगस्ट ३१ मा पहिरोले तारासिन गाउँको ठूलो भाग नष्ट भएको हो र त्यहाँ जम्मा एक जना मात्र बाँचे। संगठनले संयुक्त राष्ट्र संघ, अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय संस्थालाई मानवीय सहयोगका लागि अपिल गरेको छ।

पहिरो गएको क्षेत्र सुडान मुक्ति आन्दोलन/सेनाद्वारा नियन्त्रित छ। यो संगठन सुडान सेनासँगै अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) विरुद्ध लडिरहेको छ।

युद्धका कारण उत्तरी डार्फर राज्यका धेरै बासिन्दाले मारा पर्वत क्षेत्रमा शरण लिएका थिए। अप्रिल २०२३ मा सुरु भएको सुडानको सेना र आरएसएफबीचको गृहयुद्धले देशलाई अनिकालको छेउमा पुर्‍याएको छ र पश्चिमी डार्फर क्षेत्रमा नरसंहारको आरोप लागेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय