दिपक र सन्तोषको के लफडा हो ?

काठमाडौं । चलचित्र निर्देशक,निर्माता एवं कलाकार सन्तोष सेन र निर्माता एवं कलाकार दिपकराज गिरी बीच द्वन्द्व र प्रतिस्पर्धा पुरानै हो। तर,अहिले पुनः सामाजिक संजालमा एक अर्का लक्षित पोष्टहरु छरपस्ट छन् ।

दिपकराज गिरिले मंगलबार बिहान सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस साझा गरेका थिए। त्यसमा उनले ‘आफ्नो फिल्मको प्रचार गर्न छाडेर अरुको फिल्मलाई गाली गर्ने काम बन्द गरौं’ भनेका थिए। त्यसमा धेरैले ‘एक्सन फिल्म’ को नाममा दक्षिण भारतीय फिल्मको १ घन्टाको दृश्य राखेर दर्शकलाई झुक्याउने लगायत कमेन्ट गरेका थिए। कतिपयले कमेन्ट गरेर सन्तोष सेन लक्षित स्टाटस भन्ने अनुमान गरेका थिए। केही समयपछि दिपकले त्यो पोष्ट नै डिलीट गरे।

कुरा त्यतिमा मात्रै सकिएन लगत्तै सन्तोष सेनले लामो स्टाटस लेख्दै दिपकको नाम नै तोकेर च्यालेन्ज गरे। उनले दिपकराज गिरीको सोच मै पाप रहेको समेत आरोप लगाए। सन्तोषले यो पनि लेखे-,’तिम्रो सोचमै पाप छ…कसैलाई कमेन्ट गर्न लगाएर लाखौँ दर्शकको भावनासँग खेलबाड गर्ने जुन तुच्छ सोच पालेको छौ, त्यो काम नगर..। यी दर्शककै मायाले तिमी आज यहाँसम्म आइपुगेकाछौ त्यसैले उनीहरूको भावनालाई कुल्चने अधिकार कसैलाई छैन..।’

सन्तोषले यो पनि लेखे-,’हाम्रो बलिदान को पोस्टमा आउने नकारात्मक कमेन्टहरू के तिम्रो समूहकै काम हो..?
तिमीलाई हार स्वीकार्य छैन, त्यसैले हामीले ठूला चुनौतीहरू मोलेर सिर्जना गरेका कामलाई पचाउन नसक्नु तिम्रो कमजोरी हो..। दर्शकको भावनामा चोट पुर्‍याउँदै, फेक अकाउन्ट बनाएर घटिया कमेन्ट गर्ने अनी उल्टै हामीलाई आरोप लगाउने सोचले कहिल्यै कसैलाई अगाडि बढाउँदैन..।
कलाकार र सिर्जनाकर्ताहरू बीच प्रतिस्पर्धा हुनुपर्छ–तर त्यो सिर्जनामा, कामको गुणस्तरमा..।

कालीमाता र पशुपतिनाथको कसम खाएर भन्छु
मैले आजसम्म कहिल्यै अरूलाई गिराएर आफैंलाई अगाडि बढ्ने पापी सोच पालेको छैन..।
हामीले ३–४ वर्षदेखि दर्शकका लागि केही अर्थपूर्ण सिर्जना गर्न सकिन्छ कि भनेर लागिपरेका छौँ..।
कलालाई सम्मान गर, किनभने कलाकार र दर्शक बिना यो यात्रा अधुरो हुन्छ।

यदि वास्तवमै मैले कहिल्यै कसैलाई नकारात्मक कमेन्ट गर्न लगाएको छु भने,मैले “बलिदान” को सुरुवात नै कालीमाताको चरण छोएर गरेको हु .. कालीमाता र पशुपतिनाथ समक्ष प्रार्थना गर्दछु। यसै क्षण मेरो जीवन अन्त्य होस्..।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय