जडिबुटीमा स्कुटर दुर्घटना हुँदा दुई युवाको मृत्यु

काठमाडौं । काठमाडौंको जडिबुटीमा शुक्रबार विहान भएको सडक दुर्घटनामा परी दुई युवाको ज्यान गएको छ ।
विहान ३ बजेको आसपासमा सडक किनारमा रोकेर राखिएको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेका २३ वर्षीय नितेश नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवैलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्याइए पनि बचाउन नसकिएको प्रहरीले पुष्टि गरेको छ ।

