चलचित्र ‘आ बाट आमा’ को छायांकन सुरु

चन्द्र पन्तको निर्देशनमा बन्न लागेको चलचित्र ‘आ बाट आमा’को छायांकन सुरु भएको छ।
बिहीबार ऋषि पञ्चमीको अवसर पारेर चितवनको देवघाटबाट सो चलचित्रको छायांकन सुरु गरिएको हो। फिल्मका लागि पहिलो सट भारतीय अभिनेता प्रदीप रावत (गजनी भिलेन) र अभिनेत्री विपना थापाले दिएका थिए। प्रदीप रावत र विपना थापाको यो दोस्रो नेपाली चलचित्र हो। उनीहरुले यस अघि चलचित्र ‘ह्रस्व दिर्घ’ मा सँगै काम गरेका थिए।
चलचित्र छायांकनका लागि भारतीय अभिनेता प्रदिप रावत बुधबार चितवन पुगेका थिए। निता ढुंगानाले निर्माण गरेको चलचित्र ह्रस्व दीर्घको छायांकन पनि देवघाट र चितवनका विभिन्न रमणीय ठाउँमा गरिएको थियो।
चलचित्र ‘आ बाट आमा’ निर्देशक पन्तको दोस्रो निर्देशन हो। चलचित्रमा प्रदिप रावत र विपना थापा सहित नायक पल शाह, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल लगायतको अभिनय रहनेछ ।

