रविलाई थुनामै राख्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा रिट

काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतमा रिट दायर भएको छ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाले लामिछानेलाई कारागारमै राखेर अनुसन्धान अघि बढाउन आदेश दिएका थिए। सो आदेशविरुद्ध सोमबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा रिट निवेदन दर्ता भएको हो।
लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका थिए । हाल भने उनी नख्खु कारागारमा ल्याइएका छन्।
उनले आफू सहकारी ठगीमा संलग्न नरहेको दाबी गर्दै, पीडितको बचत फिर्ता हुने सुनिश्चितता दिन तयार भएको बताएका छन्।

