हैजा प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्न स्वास्थ्यमन्त्री पौडेल वीरगञ्ज जाँदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल आज वीरगञ्जको हैजा प्रभावित क्षेत्र  स्थलगत अनुगमनका लागि प्रस्थान गरेका छन्।

समुदायमै हैजा फैलिँदै गएपछि मन्त्री पौडेल आज दिउँसो २ बजे वीरगञ्ज प्रस्थान गरेका हुन्। यसअघि खानेपानी मन्त्रीले पनि हैजा प्रभावित क्षेत्रमा पुगेर अवस्था अवलोकन गरेका थिए। उनीसँगै स्वास्थ्य सेवा विभागको टोली पनि गएको थियो।

स्वास्थ्य मन्त्रालयका एक स्रोतका अनुसार मन्त्री पौडेलले वीरगञ्जस्थित नारायणी अस्पतालमा हैजाका बिरामीहरूको स्वास्थ्य अवस्था र अस्पतालले उपलब्ध गराइरहेको सेवा तथा उपचार व्यवस्थाबारे जानकारी लिने छन्।

त्यसका साथै, हैजा नियन्त्रण तथा रोकथामका लागि भइरहेको प्रयासबारे छलफल गर्न उनले वीरगञ्ज महानगरपालिकाका मेयरसहित अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूसँग बैठक गर्ने कार्यक्रम रहेको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार, शुक्रबारदेखि हालसम्म वीरगञ्जमा झाडापखालाका १६१ बिरामीमध्ये ७१ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...