रवि लामिछानेलाई नख्खु कारागार ल्याइने

३० साउन, काठमाडौं । रुपन्देहीको कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने भएको छ ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका रविले कारागार सरुवाका लागि निवेदन दिएको भएपनि सरुवा भने भएको थिएन ।

कारागार विभागका अनुसार रवि आफैंले नख्खु कारागार रोजेका हुन् ।

उनलाई सरुवा गर्ने निर्णय रुपन्देही पठाइसकिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय