नेपाल प्राध्यापक संघको ६३औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाल प्राध्यापक संघ (नुटा)को ६३औं वार्षिकोत्सव बुधबार त्रिचन्द्र क्याम्पस, काठमाडौंमा सम्पन्न भयो। कार्यक्रममा त्रिवि रेक्टर प्रा.डा. खड्ग केसी र नुटा अध्यक्ष प्रा.डा. रमेशकुमार जोशीले संयुक्त रूपमा झण्डोत्तोलन गरे।

सो अवसरमा त्रिवि रजिष्ट्रार प्रा.डा. केदार रिजाल, टुटा सभापति प्रा.डा. वसन्त ढकाललगायत गन्यमान्य व्यक्तिहरूको उपस्थिति थियो।

कार्यक्रमपछि नुटा परिसरमा त्रिविका संस्थापक प्रा. बि.सी. मल्लको प्रतिमामा माल्यार्पण गरियो। वक्ताहरूले संघको भूमिका, प्राज्ञिक स्वतन्त्रता, विश्वविद्यालयको स्वायत्तता, प्राध्यापकको सेवा-सुविधा र पदोन्नतिमा देखिएका समस्याबारे विचार राखेका थिए।

नुटा अध्यक्ष जोशीले सबै विचारलाई सकारात्मक रूपमा लिने बताउँदै त्रिविमा नीति तथा कार्यक्रम नहुँदा चिन्ता व्यक्त गरे। प्रमुख अतिथि पूर्व अध्यक्ष रामेश्वर उपाध्यायले प्राध्यापकको स्वायत्तता र लोकतान्त्रिक अभ्यास मजबुत बनाउन सुझाव दिए। टुटा सभापति ढकालले शिक्षा, स्वास्थ्य, न्याय र सुरक्षा क्षेत्रमा राजनीति हटाउनुपर्नेमा जोड दिए।

अन्य वक्ताहरू — राकेश जायसवाल, डा. पवनकुमार झा, प्रा.डा. जगदीशचन्द्र भण्डारी, प्रा.डा. बालमुकुन्द रेग्मी, डा. विष्णु पोखरेल र प्रा. पद्मप्रसाद खतिवडाले उच्च शिक्षा विधेयक, पदोन्नति प्रक्रिया, विज्ञापनमा देखिएका कमजोरी, मेरिटोक्रेसीको आवश्यकता र अधिवेशन समयमै सम्पन्न गर्नुपर्नेबारे आ–आफ्ना धारणा राखे।

कार्यक्रमको सञ्चालन महासचिव नरेन्द्र शिवाकोठीले गरेका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...