नेसपा(नयाँ शक्ति) वाग्मती प्रदेश बैठक सम्पन्न

काठमाडौं । नेसपा (नयाँ शक्ति) वाग्मती प्रदेश समितिको बैठक बुधबार काठमाडौंमा सम्पन्न भएको छ।

दुई दिनसम्म गोकर्णेश्वर नगरपालिका अत्तरखेल स्थित एक बैङ्केटमा चलेको बैठकले विभिन्न निर्णय गरेको छ। पार्टी केन्द्रीय अध्यक्ष डा.बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा नेताहरूले जिल्लागत रिपोर्टिङ एवं संगठनात्मक गतिविधि बारे धारणा राखेका थिए।

मंगलबार र बुधबार बसेको २ दिने बिस्तारित बैठकले कार्यबिभाजन, प्रशिक्षण, सङ्गठन, जनपरिचालन, ( संघर्ष ) अभियानको योजना निर्माणको बारेमा निर्णय गरेको महासचिव सोनामसिंह स्याङ्तानले बताए।

साथै बैठकमा विभिन्न जिल्लाबाट राखिएको समिक्षात्मक रिपोर्टिङ सुनेपछि अध्यक्ष डा.भट्टराईले संश्लेषण सहित प्रशिक्षण दिएका थिए। बैठकलाई व्यवस्थित गर्ने बागमती प्रदेश उत्प्रेरक, संयोजक लगायत आयोजक टिमलाई अतिथिहरुले धन्यवाद सहित आभार व्यक्त गरेका छन् ।

 

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय