वामदेवकाे अस्थिरताले दिएकाे सन्देश
मनोज कुमार कर्ण
वामपन्थी नेता वामदेव गाैतम हालै माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएकाे छ । प्रवेश गर्नुभएकाे हप्ता, दस दिन नबित्दै उनले मलाई कामकाे जिम्मेवारी नदिए वामदेव स्थिर रहन नसकी एकीकृत समाजवादी दलपनि परित्यागगर्ने कुराे बताईदिए ।
यसले गर्दा उनकाे पुरानाे अस्थिर चरीत्र, विगतमा पार्टी फुटाएकाे, वाम वर्चस्वकाे नाममा एकप्रकारले त्रास असफलरूपमा भएपनि उत्पन्न गर्ने, पदविना बाँच्न नसक्ने, दक्षिण छिमेकी देशविरूद्ध भूमीगत निगरानी गर्ने भनेर फेरि तहल्का मच्चाउने जस्ताे अभिव्यक्ति दिने आदिलाई एकसाथ सम्झाई दिएकाे हाे ।
याे लेख भने वामपन्थताभन्दा पनि वामदेव चरीत्र विगतदेखि कुनरूपमा नेपालमा परिचित हाे र टेक्नीकली वामदेवकाे एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपालमाथि विशेष अदालतमा मुद्दा चल्नेबखत्तकाे प्रवेश र उत्ता झलनाथ खनाल, रामकुमारी झाँक्रीहरूकाे अध्यक्ष नेपालविरूद्धकाे आक्रामकताकाे सम्भावित राजनीतिक अर्थ कहाँसम्म लाग्न सक्छमा आधारीत हाे ।
वामदेव चरीत्र बुझ्दा
नेपालमा वामदेव गाैतमकाे नाम लिंदा एक कुशल वाम संगठक, हक्की स्वभावका, नेपालकाे उत्तरी छिमेकी मैत्री तर दक्षिणी छिमेकीप्रति सदैव नकारात्मक भाष्य बनाउने, दक्षिणविरूद्ध मास गलतरूपमा परिचालन गर्ने, राज्य संयन्त्रलाई वामपन्थीमय बनाउने, अस्थिर, उनीबाट प्राय: वाम नेतृत्व डराएर पर राख्न चाह्ने, दल फुटाउने आदिकाे रूपमा उनकाे विगतले याद दिलाउँछ ।
धेरै वामपन्थी दल स्थापना गर्नुदेखि प्रवेश गरीसकेका नेता गाैतम हाल समाजवादी अभियानबाट माधव नेपाल नेतृत्वकाे माथि उल्लेखित नेकपा एसमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादीका नेताहरू पहिला वा पछि गरेर सबै नेकपा एमालेबाट अध्यक्ष केपी ओलीकाे पेलान सह्न नसकेर बाध्य भई छाेडेर हिंडेकाहरू हुन् । याे ओली हैकमविरूद्धकाे समानता उनीहरूमा छ, भलै पूर्व एमाले अध्यक्ष, पूर्व प्रम तथा एसका सम्मानित नेता झलनाथ खनाल अध्यक्ष नेपाल हाल पतञ्जलीकाे जग्गा प्रकरणमा विशेष अदालतमा अख्तियारकाे मुद्दा चलिरहँदा आफूले नेतृत्व नपाउँदा झाेंकमा कृत्रिमढंगले एमाले फुटाउनु गलत रहेकाे बाेल्छन्, त्याे बेग्लै परिस्थितिकाे मानसिक उपज हाे ।
वामदेवमा सांगठनिक क्षमता भन्ने कि चुनावमा राज्य संयन्त्रकाे गलत प्रयाेगले निर्वाचन एमाले उम्मेदवारलाई जिताउने आम आराेपबाट समाजमा आलाेचित छन् । चुनावमा गृहमन्त्री गाैतम वामदेव छँदा काँग्रेसप्रतिकाे संयन्त्र दुरूपयाेग “सत्ताकब्जा”काे आक्रामकता जनताले उनमा दक्षिणी छिमेकी देशप्रति रहेकाे उनीभित्रकाे घृणाजति अनुभव गरिएकाे हाे ।
साल २०५६/०५७ मा बलिवूड नायक ऋतिक राेशन काण्ड नेपालमा भएर भारतविरूद्ध घृणा फैलिएकाे हाेस् वा, लगत्तै माधुरी दिक्षित नायिकाले नेपाल भ्रमण गर्दा “मलाई नेपालकाे हार्दिकताले म भारत आफ्नै घरभित्र कतै छु”लाई घुमाएर “माधुरीले नेपाललाई भारतकाे एउटा प्रान्त भनेकी” हाेस् वा, पछिल्लाेपटक सुशील काेईरालाका प्रधानमन्त्रीत्वमा गाैतम गृहमन्त्रीकाे रूपमा छँदा भारतीय प्रम नरेन्द्र माेदीले जनकपुर भ्रमणकाे क्रममा छात्रालाई साईकिल बाँड्ने कामलाई अतिरञ्जना गरि गुप्तचरकाे रिपाेर्टलाई “राष्ट्रियतामाथि प्रहार” भनी बालुवाटारमा लगेर प्रमकाे कान भरेर भ्रमण भाँड्ने काम हाेस्, यी सबैमा वामदेव गाैतमकाे अतिशयाेक्तित अभिव्यक्तिलाई जिम्मेवार जनताले ठान्दछन् । ओलीविरूद्ध याे नदी भारतलाई दियाे, त्याे दियाे नारामा त झन् वामदेव अगाडि रह्ने कुरा भईहाल्याे ।
वास्तवमा वामदेव विगतमा प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई काँग्रेसी बुझेर प्रहरीमा “पकड” बनाउन ध्रुवबहादुर प्रधानलाई बनाएपनि प्रधान आज राप्रपाका नेता हुन् । उनी २०५४ सालकाे स्थानिय निकायकाे निर्वाचनमा गैह्र एमालेकाे आराेप अनुसार धाँधली नै गरेर चुनावपछि एमालेमय नेपाललाई गराईदिए । त्यस्तै, नेता गाैतम एमालेलाई फुटाएर मालेपनि चलाएर बसे फेरि एमाले भई सुशील काेईरालाकाे सरकारमा उप्रधान तथा गृहमन्त्री खाएर पुन: एमाले छाेडे । अस्थिर र बहकिने स्वभावका गाैतममा भने आफ्नाे वास्तविक क्षमता सिर्जना गर्नेभन्दा अरूकाे विचारलाई चाेर्ने, लागू गर्न खाेज्ने र क्रेडिट लिने बानी छ ।
उदाहरणकाे लागि साल २०७२ वैशाख १२ गते शनिवारकाे महाभूकम्पपछि पहिलाेचाेटी डा. बाबुराम भट्टराईले नेपालमा भूकम्पपछि भत्केकालाई पुन: निर्माण गर्न “राष्ट्रिय पुनर्निर्माण प्राधिकरण”काे अवधारणा ल्याए ताकी उनी स्वयं सरकारमा प्रमकाे दाैडधूपभन्दा जनसेवामा लागेर जनमतपनि आफू अनुकूल स्वत : बन्ने ठानेका थिए । तर डा. भट्टराईलाई प्रतिस्पर्धी कुनैपनि दलकाले याे माैका “पपुलर भईदेलान्” भनी दिएनन् र यही कुरापछि वामदेव गाैतमले आफ्नाेलागि माग गरे र नियतिपनि फेरि प्रतिकूल दाेहरियाे !
पछिल्लाे एसमा प्रवेश घटना
भर्खरै नेता गाैतम एमालेमा प्रवेशकाे लामाे प्रयास असफल हुँदा मानिन्छ कि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनकाे राजनैतिक कद अनुसारकाे पद मिलान एमालेमा कठिन हुने देखेरै एमाले अध्यक्ष केपी ओलीले अड्काएर ललीपप दिनेजति दिएर सक्नेजति वामदेवबाट लाभ उठाएर प्रवेश वर्जित गरिदिएकाे बुझिन्छ ।
पतञ्जली याेगपीठलाई गुठीकाे जग्गा नियम-कानून विपरीत सरकारप्रमुख भएर उपलब्ध गराएकाे आराेपसहित अख्तियारद्वारा विशेष अदालत धाईरह्नुभएका, एमाले अध्यक्ष ओलीद्वारा प्रतिशाेध आफूले खेपिरहेका तथा अदालत धाईरहँदा एसकै नेता झलनाथ खनाल र उनका समर्थकहरूबाट नेतृत्वबाट लखेटाईमा परेकाे बुझ्नुभएका अध्यक्ष माधव नेपालकाे लागि एमालेकाे पूर्व हेभिवेट नेता तथा संगठन विभाग प्रमुख वामदेव गाैतमकाे पार्टी प्रवेशले नेता नेपालमा “डूब्नेलाई तिन्काकाे सहारा” झैं भएकाे हुनु स्वभाविक हाे ।
तर नेता गाैतमले आउने बित्तिकै “मलाई काम देउ, नत्र म भाग्छु” भन्नू भनेकाे नेता नेपाललाई सहारा, भर, थेग दिन आएकाे नभई कतै कमजाेर बेलामा पार्टी हडप्नलाई आएकाे त हाेईन भन्ने संशय वामवृतमा सजिलै अध्ययन गर्न सकिन्छ ।
उपसंहार
माओवादीकाे उपाध्यक्ष तथा प्रम रहिसकेका डा. बाबुराम भट्टराईले माओवादी परित्याग गरेर भट्किरहेजस्ताे एमालेकाे उपाध्यक्ष रहि उपप्रधानमन्त्री रहिसकेर एमाले छाडेर भट्किरहेका अर्का पात्र वामदेव गाैतम हुन् । विचार बदलिरहन्छ, नेतृत्वकाे हैकमविरूद्ध बाेलिन्छ पनि तर मूल पार्टीबाट हिंड्दा अलग-थलग परिन्छ । यी दुवै नेता काम गर्ने समय छँदै यताउती हुँदा काम गर्न नसकी, प्रतिस्पर्धीले अब ठाउँ नै नदिने, साल २०७५ मा एमाले र माओवादी मिलेर नेकपा बन्दा यी दुवैजनाबाट अन्य समकालीन नेताले “पपुलर हुनेबाट त्रस्त” भई टाढा राखिएका पात्र हुन् ।
भट्टराई र गाैतममा काम गर्ने चाहना छ, राजनीतिक ओतलाग्न खाेजेका हुन् तर अन्यद्वारा बेवास्ता गरिएका हुन् । जहाँ भट्टराईलाई भारतप्रति नरम र नेपाली काँग्रेसप्रति माैकापरस्त अर्थात्, लाभ लिनसक्ने बेला प्रशंसा गर्ने तर अन्य बेला प्रहार गर्ने बुझिन्छ, त्यहाँ गाैतमलाई चीनकाे मित्र, भारतलाई मन नपराउने र नेपाली काँग्रेसलाई सदैव मन नपराउने तर बाेली भने डा. भट्टराईकाे जस्ताे अलि तीखाे नभएकाे मानिन्छ । नेपाली राजनीतिलाई स्थिर चरीत्र, सबै छिमेकी देशसँग समान मित्रवत् व्यवहार राख्ने, विकासशील, अन्य दललाई शत्रु नमानी सामान्य प्रतिस्पर्धी मान्ने आदि सकारात्मक गुण भएका नेता चाहिएकाे हाे ।
दलहरूकाे आन्तरीक प्रतिस्पर्धामा दलहरूले पाेटेन्सियल उम्मेदवारलाई अध्यक्ष वा सरकार प्रमुखमा विकल्प दिइयाेस् भन्ने जनताकाे चाहना विपरीत यहाँ लखेटिन्छ, जुन राम्राे हाेईन ।
(लेखक ललितपुरको पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

