ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एकको ज्यान गयो, एक घाइते

काठमाडौं । काठमाडौँको पेप्सिकोला क्षेत्रमा पानी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

बुधबार राति करिब पौने ९ बजेको समयमा काठमाडौंको जडिबुटीबाट पेप्सिकोला जाँदै गरेको बा.प्र ०१–००४ क ३२८७ नम्बरको पानी ट्यांकर र विपरीत दिशाबाट आइरहेको बा.प्र ०२–०३३ प २५४८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार २५ वर्षीय नवराज तुमसिङ गम्भीर घाइते भएका थिए।

काभ्रेको रोसी गाउँपालिका–३ घर भएका तुमसिङलाई उपचारका लागि केएमसी अस्पताल लगिएको भए पनि उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक सन्तोष मगर घाइते भएका छन्। उनी तुमसिङकै गाउँपालिका–३ निवासी हुन्। हाल उनको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ।

उक्त दुर्घटनापछि ट्यांकर चालक धादिङका ४७ वर्षीय रामबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय