गण्डकीमा नयाँ शक्ति : ११ गते ११ बजे ११ जिल्लामा १११ मिनेट !

पोखरा । नेसपा (नयाँ शक्ति)  गण्डकी प्रदेश समितिले प्रत्येक्ष निर्वाचित राष्ट्रपति र भ्रष्टाचारको अन्त्यसँगै विभिन्न माग सहित प्रदेशका ११ जिल्लामा १११ मिनेट धर्ना दिने भएको छ।

पार्टीका गण्डकी प्रदेश संयोजक नेत्र चापागाईंका अनुसार आज साउन ११ गते ११ बजे गण्डकी प्रदेशका सबै ११ जिल्लाको प्रशासन कार्यालय अगाडि १११ मिनेट धर्ना दिने कार्यक्रम रहेको छ। प्रत्येक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा जनमत बढ्दै गएको सन्दर्भमा नयाँ शक्तिले भन्दै आएको यो विषयलाई अझै सशक्त बनाउने र भ्रष्टाचारको बिरोध स्वरुप धर्ना दिन लागिएको संयोजक चापागाईंले परेवान्युजलाई बताए।

यसैगरी नेसपा (नयाँ शक्ति)ले प्रत्यक्ष निर्बाचित रास्ट्रपति सहित ११ वटा नै बिषय उठाएर हामी के चाहन्छौं ? भन्ने कुराको जानकारी समेत गराएको छ। नेसपा (नयाँ शक्ति)ले सांसदबाट नभै बिज्ञबाट मन्त्री मन्डल बन्नुपर्ने,पुर्ण समानुपातिक संसद हुनुपर्ने,
जनलोकपाल गठन र उच्च पदस्तको सम्पति छानबिन हुनुपर्ने भनेको छ।

त्यसैगरी डिजिटल कर्मचारी प्रशासन, न्यायलय पुनर्गठन,संवैधानिक अङ्गमा दलियभागबन्डाको अन्त्य,मौलिक अधिकार सम्बन्धि कानुन तत्काल निर्माण,अधिकार सम्पन्न प्रदेश र स्थानीय तह,आत्मनिर्भर अर्थतन्त्र र स्वरोजगार र सबै खाले विभेद अनि असमानताको अन्त्य हुनुपर्ने माग समेत समेटेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय