एमालेले जनता,लोकतन्त्र र गठबन्धनलाई धोका दियो-कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमालेले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई धोका दिएको निश्कर्ष निकालेका छन्।
राष्ट्रियसभामा एमालेका सांसदहरुले संघीय निजामती विद्येयकमा संशोधन हालेको विषयमा आपत्ति जनाउँदै कोइरालाले यस्तो आरोप लगाएका हुन् ।
उनले गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मतीविपरित एमालेले आफ्ना सांसदहरुलाई संशोधन हाल्न लगाउनु गलत भएको बताएका हुन् । कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् ।
उनले एमालेले हालेको संशोधन कुनैपनि हालतमा पास गर्न दिन नहुने बताए । उनले कुलिङ पिरियड रहने र यसमा कोही पनि द्धिविधामा रहन नहुने बताएका छन् ।

