गोदावरी राष्ट्रिय वनस्पति उद्यान (तस्बिरमा)

ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान घुम्ने सोच बनाउनु भएको छ भने यो समय उत्तम हुनेछ। काठमाडौंबाट नजिकै त्यो पनि लोकल बस चढेरै पुग्न सकिने यो उद्यानमा झण्डै एक हजार १४ प्रजातीका वनस्पति छन् ।
यी बिरुवाको सिँचाइ, गोडमेल, मौसम अनुसारका बोटबिरुवा उत्पादन र उद्यान सौन्दर्य अभिवृद्धिका कार्य नियमित भैरहेको हुन्छ। वर्षाको समयमा यहाँ जादा हरियाली र ढकमक्क असारेफूलसँगै पानीको कलकल आवाज अनि चराचुरुङ्गी र झ्याउकिरीको स्वर सुन्न सकिन्छ। छौँ” उनले भने, “उद्यानले अध्ययन तथा अनुसन्धानका लागि
फुल्चोकीमा मात्रै पाउने ६ प्रजातिका वनस्पति गोदावरीमा रहनाका साथै नेपालमा मात्रै पाउने तर विदेशी मुलुकमा नपाउने खरेटो, चैत्यफूल जस्ता परस्थानीय बिरुवालाईसमेत उद्यानभित्र संरक्षण गरी राखिएको छ। साथै १४ प्रकारका बहुउपयोगी, दुर्लभ, लोपोन्मुख र औषधिजन्य बिरुवा सङ्कलन गरी उद्यानमा राखिएकोछ भने केही वर्षदेखि जङ्गली बिरुवाको बीउलाई पनि भण्डारण गर्न थालिएको छ।

यहाँ तस्बिर खिच्न,सङ्गीत रेकर्ड र चलचित्र छायाङ्कन गर्नेलाई पनि उद्यानभित्र प्रवेश गर्न दिइन्छ। तर, विद्यालय समयमा पोशाक लगाएर बिना चिट्ठी उद्यान छिर्न खोज्नेलाई भने प्रवेश निषेध छ।

उद्यान प्रवेशमा १० वर्ष उमेर मुनिका नेपाली बालबालिकालाई २० र माथीकालाई १०० तथा एशियाली मुलुकका १० वर्ष मुनिका बालबालिकालाई १०० र माथिकालाई २००, अन्य मुलुकका विदेशी १० वर्ष मुनिका बालबालिकालाई २०० र माथिकालाई ५००, नेपाली विद्यार्थी पत्रसहित आउनेलाई २०, क्यामेरा ३०, भिडियो क्यामेरा २००, तस्बिर खिच्नेलाई दुई हजार, साङ्गीति भिडियोलाई पाँच हजार, नेपाली चलचित्र छायाङ्कन गर्नेलाई १० हजार र संयुक्त चलचित्र छायाङ्कन गर्नेलाई १५ हजार, दक्षिण एशियाली मुलुकका चलचित्र छायाङ्कन गर्नेलाई २५ हजार र अन्य विदेशी चलचित्र छायाङ्कन गर्नेलाई ३० हजार शुल्क लाग्ने छ।

यसैगरी उद्यानभित्र विद्युतीय सवारी प्रयोग गर्ने १० वर्ष मुनिका नेपाली बालबालिकालाई १०० र माथिकलाई २००, दक्षिण एशियाली मुलुकका १० वर्ष मुनिकालाई २०० र माथिकलाई ४००, अन्य देशका विदेशी १० वर्ष मुनिकालाई ५०० तथा माथिकालाई एक हजार र विद्यार्थी पत्रसहित आउनेलाई १०० लिने गरिएको छ।
उद्यानभित्र २० साना-साना बाटिका छन् । ती बाटिकामा लिली, उन्यू, जापानीज शैलीको जडीबुटी र जैविक विविधता आदि नाम चलेका बोटबिरुवा छन् । सो वाटिकाभित्र वनस्पतिको संरक्षण, रेखदेख, अध्ययन, अनुसन्धान गर्न थुप्रै नेपालीका साथै विदेशी आउँछन् ।
२०१९ साल कात्तिक १२ गते बेलायतबाट दुई प्राविधिक हटलक र टोनासलिङलाई झिकाएर तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले गोदावरीमा उद्यान बनाउन लगाएको बताइएको छ । ८२ हेक्टर जमीनमा फैलिएको सो उद्यान एक हजार पाँच सयदेखि दुई हजार मिटरसम्म फैलिएको छ । विगतमा शाही वनस्पति उद्यानका नामले चिनिने सो बगैँचा २०६३ साल असार १९ गतेबाट राष्ट्रिय वनस्पति उद्यानका नाममा परिवर्तन हुन गयो ।
थप तस्वीरहरू




