भरतपुर अस्पतालको सेप्टिक ट्यांकीमा खसेर बालिकाको निधन

चितवन । चितवनको भरतपुर अस्पतालको सेप्टिक ट्यांकीमा खसेर गम्भीर घाइते भएकी बालिकाको निधन भएको छ । पाँच वर्षीया अन्जना मगरको उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो।

असार ३० गते दिउँसो करिब ४ बजे अस्पतालको सी ब्लक नजिकै रहेको सेप्टिक ट्यांकीमा खसेकी अन्जनाको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको थियो। उनी भरतपुर अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी छोरी हुन्।

अस्पतालको सी ब्लक नजिकै रहेको ठूलो सेप्टिक ट्यांकीको ढकनी खुल्लै रहेकाले खेल्ने क्रममा अन्जना त्यसमा खसेको बताइएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय