पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु. ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु. १ कम गरिएको हो।

इन्डियन आयल कर्पोरेशनबाट प्राप्त ३१ असारको नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

यसअघि पेट्रोल प्रतिलिटर रु. १६५, र डिजेल तथा मट्टितेल प्रतिलिटर रु. १४९ थियो। नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु. १६० र डिजेल/मट्टितेल प्रतिलिटर रु. १४८ कायम हुनेछ।

नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय