मन्त्री गुप्ता र अधिकारीलाई बर्खास्त गर्न माग


काठमाडौं । विवेकशील साझा पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री वलराम अधिकारीलाई बर्खास्त गर्न माग गरेको छ।

पार्टी प्रबक्ता आशुतोष प्रधानले एक बिज्ञप्ति जारी गर्दै मन्त्री गुप्ता र अधिकारी भ्रष्टाचार मुद्धामा संलग्न भएको समाचार र अडियो छताछुल्ल सार्वजनिक भईसक्दा पनि उनीहरु पदमै रहिरहेकोप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको समेत भनेका छन्।

बिज्ञप्तिमा अगाडि भनिएको छ,-‘भ्रष्टाचार जस्तो जघन्य अपराधमा मुछिएका दुबै मन्त्रीलाई तत्काल बर्खास्त गरी कार्बाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसंग विवेकशील साझा पार्टी जोडदार माग गर्दछ।’

यसैगरी बिज्ञप्तिमा जनताको करवाट श्रृजित राज्य सुविधाको उपयोग गरिरहेका मन्त्रीद्वय गुप्ता र अधिकारीमाथि लागेको सार्वजनिक भ्रष्टाचारको आरोप छताछुल्ल हुँदा पनी उनीहरुलाई बर्खास्त नगर्नुले भष्टाचारको सुई सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि फर्किन सक्ने सम्भावनालाई विवेकशील साझा पार्टीले मिहीन ढंगले अन्वेषण गरिरहेको स्पष्ट पार्दछोैँ भनिएको छ।

‘भ्रष्टाचारको दर्जनोैँ प्रकरण र काण्डहरुको न्यायिक निरुपण नभईरहेको अवस्थामा बहालवाला मन्त्रीहरु प्रत्यक्ष संलग्न भएको भ्रष्टाचार काण्डले सुशासनको सवालमा हामी अत्यन्त कमजोर अवस्थामा गुज्रिरहेको ऐना फेरि सार्वजनिक भएको छ। विवेकशील साझा पार्टी भ्रष्टाचारको यो प्रकरणलाई अत्यन्त गहन अनुसन्धान गर्न र आवश्यक कदम चाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत विशेष ध्यानाकृष्ट गराउँछ’-पार्टीको बिज्ञप्तिमा भनिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...