नेसपा(नयाँ शक्ति) कास्कीको विस्तारित बैठक सम्पन्न

 

पोखरा। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) कास्की जिल्लाको विस्तारित बैठक शनिबार सम्पन्न भएको छ।

पार्टीका कास्की जिल्ला अध्यक्ष कृष्णबहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका केन्द्र,प्रदेश र जिल्ला एवं महानगरका नेताकार्यकर्ता एवं क्रियाशील सदस्यहरूको उपस्थिति थियो।

वैठकले जिल्ला भित्रका निर्वाचन क्षेत्र सहित विद्यार्थीको भूगोल र विश्वविद्यालयको जिम्मेवारी तोकिएको छ। यसैगरी गण्डकी प्रदेशका ११ जिल्लामा आगामी साउन ११ गते जिल्ला प्रशाशन कार्यलयमा अगाडि प्रत्यक्ष निर्वाचन रास्ट्रपतिको लागि र भ्रष्टाचार विरुद्ध गरिने धर्ना कार्यक्रम अन्तर्गत कास्की जिल्लामा पनि सक्रिय रुपमा गर्ने निर्णय गरीएको पार्टीका गण्डकी संयोजक नेत्र चापागाईंले जानकारी दिए।

यसैगरी जिल्ला संयोजक कृष्णवहादुर रानाभाट र सहसंयोजक विष्णुप्रसाद शर्मा अर्यालले समग्र जिल्ला पार्टीलाई अग्रगामी वैकल्पिक शक्ति निर्माणका लागि आवस्यक पहल र जिम्मेवारी लिने जिम्मेवारी ठोस गरिएको छ । त्यस्तै कास्की निर्वाचन क्षेत्र न १ मा नारायण सुवेदी, क्षेत्र न २ मा दिपक भण्डारी , क्षेत्र न ३ मा शिव वहादुर अधिकारीले संयोजन गर्ने निर्णय पनि भएको छ।

त्यस्तै रुपा गाउँपालिका कार्यलयले नै हेर्ने र पोखरा महानगरपालिक तिलक तिवारी, मादी गाउँपालिका अपार अधिकारी, माछापुच्छ्रे गाउँपालिका आर.सि के सी, अन्नपुर्ण गाउँपालिका चेतनाथ भण्डारी, समाजवादी विद्यार्थी युनियन कास्की संयोजक राजन भन्डारी, गण्डकी विश्वविद्यालय संयोजक र सहसंयोजक सदिक्षा खनाल र सुविना राइको जिम्मेवारी तोकिएको छ ।

आजकै बैठकमा राजन भण्डारीको पहलमा विभिन्न पार्टीछाडेर वैकल्पिक राजनीतिमा जोडिएर नयाँ शक्ति निर्माणमा लाग्न चाहने  तीन दर्जन युवा विद्यार्थीलाई पार्टीमा स्वागत गरिएको चापागाईंले बताए। सो अवसरमा पार्टी केन्द्रीय सदस्य टिकाराम पौडेल, दुर्गा गुरुङ, कर्ण गुरुङ, प्रदेश संयोजक नेत्र चापागाई,केन्द्रिय सल्लाहकार हस्त कुवर पोखरा महानगर संयोजक तीलक तिवारीले प्रवेशी युवाहरूलाई खादा र टीका लगाई पार्टी सदस्यता प्रदान गरेका थिए।

बिशाल तिमिल्सिनाले संचालन गरेको कार्यक्रममा तिलक तिवारीले स्वागत गरेका थिए। बैठकमा संगठन विस्तार, समसामयिक राजनीतिक परिस्थितिमा पार्टीको भूमिका, जनसंघर्षलाई अझ सशक्त बनाउने रणनीति, तथा आगामी कार्यदिशाबारे गहन छलफल भएको बताइएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय