विद्या भण्डारी एमालेको राजनीतिमा फर्कनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले अध्यक्ष बन्ने तयारीलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्।
चीन भ्रमण सकेर शनिबार नेपाल फर्किएका खनालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यदि भण्डारी वामपन्थी एकता ल्याउने लक्ष्यसहित एमालेको नेतृत्वमा फर्किन लागेकी हुन् भने त्यो स्वागतयोग्य कदम हुने उल्लेख गरे।
उनले भने, ‘विद्या भण्डारीले वामपन्थी एकताको खाँचो महसुस गर्दै सक्रिय राजनीतिमा फर्कने र एमालेको अध्यक्ष बन्ने निर्णय गरेकी हुन् भने यसलाई सकारात्मक रूपमा लिनुपर्छ।’
यसअघि पूर्वराष्ट्रपति भण्डारीले आफू एमालेको अध्यक्ष बन्नकै लागि पुनः राजनीतिमा सक्रिय हुने घोषणा गरेकी थिइन्।

