संगठनात्मक चुनौतीका बीच उपनिर्वाचन एक अवसर

सुदन ज्ञवाली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाली राजनीतिक इतिहासमा एउटा अपवाद हो। जहाँ नेतृत्व, नीति, र दर्शनले नयाँ आयाम दिन थालेको छ। यो केवल एक दल होइन, यो आशा, अपेक्षा र विकल्पको प्रतीक बनेको आन्दोलन हो।

सुशासन, समृद्धि, समानता, स्वाधीनता र सहभागीता मुलक लोकतन्त्र यी नारा मात्र होइनन्, रास्वपाको नीति निर्माण र कार्यशैलीका आधारस्तम्भ हुन्।

पार्टीको केन्द्र अर्थात केन्द्रिय समिति ‘ड्राइभर’ हो, जसले दिशा दिन्छ। तर गन्तव्यमा पुग्न ‘इन्जिन’ चाहिन्छ। र त्यो इन्जिन हुन् स्थानीय तहका नेता र कार्यकर्ता। भुइँ तह बलियो नभई कुनै पनि आन्दोलन, योजना वा नीतिले दीर्घकालीन सफलता प्राप्त गर्न सक्दैन।

पार्टी पुनः परिक्षण, रुपन्देही-३ को उप निर्वाचन 

तनहुँको उपनिर्वाचनले जहाँ एकातर्फ रास्वपाका कार्यकर्ता र शुभेच्छुकहरूमा उत्साह र आत्मविश्वास भरिदिएको थियो, त्यही उत्साह लिएर इलाम पुगेको यात्रा भने अपेक्षित नतिजा दिन नसकी केही हदसम्म निराशाजनक बनेको तितो सत्य हामि माझ छ।

यो सत्य हो, र यसलाई हामीले आँखा चिम्लेर होइन, आँखा खोलेरै स्विकार्नुपर्छ।राजनीतिमा समिक्षा कमजोरीको स्वीकार होइन त्यो त भविष्यको सफलता निर्माण गर्ने सीढी हो। अब समय आएको छ यथार्थको आधारमा गहिरो समिक्षा गर्दै रुपन्देही–३ लाई चुनौती होइन, अवसरका रूपमा बदल्ने।

रुपन्देही–३: उपनिर्वाचन मात्र हैन, सन्देश हो

रुपन्देही–३ केवल एउटा क्षेत्रीय निर्वाचन होइन। जहा १ सिटको गणितीय हिसावको लेखाजोखा गर्ने यो त केन्द्र र प्रदेश, नीति र संगठन, विचार र व्यवहारबीचको परीक्षा हो।यसैले तयारी पनि केवल प्रचारको होइन, संगठन, नेतृत्व, रणनीति र संवादको संयोजन हुनुपर्छ।

तीन पक्षीय तयारी अनिवार्य छ:

१. स्थानीय संगठनको पुनर्संरचना-देशव्यापीसंगठनमा सामाजिक रुपले निस्कृय अनुहारबाट होइन, योग्यता र जनसम्पर्क युक्त व्यक्ति सम्मिलित नेतृत्व मार्फत समिति बनाउनु पर्छ। जातीय, क्षेत्रीय विविधता, भौगोलिक अवस्था, बहुराजनितिक प्रभाव, ग्रामिण भेग, सदरमुकाम आर्थिक विविधताले भरिएको रुपन्देही ३ लाइ वस्तुगत हिसावले तालमेल मिल्ने गरी संगठनलाइ स्वरुप दिनु पर्छ। आजै देखि ढिलो नगरी रुपन्देही प्रदेश र केन्द्रको मुख्य जोड रुपन्देही – ३ बन्नु पर्छ।

२. केन्द्र–स्थानीय समन्वय- रुपन्देही र केन्द्रको सम्बन्ध स्पष्ट, पारदर्शी र जिम्मेवार हुनुपर्छ। रुपन्देही जस्तो महत्वपूर्ण जिल्ला बाट केन्द्रिय समितिमा एक जना पनि सहभागी नहुनुले राजनितिको केन्द्रिय कार्यभार सङ्ग रुपन्देही अलगावमा पारिएको बिस्लेषण पार्टी भित्र बाहिर सर्वत्र छ। रास्वपाका जिल्ला र प्रदेशका नेता भन्दा केन्द्रका प्रभावशाली नेताको सोच शैली ब्यावहार सुकिला मुकिला र दम्भि भन्ने अनुभुती छ त्यसबाट नेतृत्व मुक्त हुनु पर्छ।

३. उम्मेदवार छनोट-केवल चुनावी भाषण गर्न सक्ने होइन, निर्वाचन क्षेत्रका जनताको वास्तविक माग बुझ्न सक्ने नेतृत्व आवश्यक छ। काङ्ग्रेस एमाले राप्रपा मधेसवादी र माओवादीका केन्द्रिय सत्ता राजनीतिमा प्रभाव राख्ने उमेदवारले जिति रहेको क्षेत्र हुनाले नागरिक, पार्टी र सरकारमा एक साथ बलियो पहुच राख्ने उमेदवार छनोट गर्नु पर्छ!

रुपन्देही ३ का विशिष्ट अन्तरविरोधलाइ बुझ्ने र पार्टी अनुकुल बदल्ने सामर्थ्यवान समावेशि र घुलनशिल चरित्र भएको सामुहिकतामा काम गर्न सक्ने नेतृत्व अघि सार्नु पर्छ।

केन्द्रिय नेतृत्वले प्रभावशाली व्यक्ति खोजेर निर्वाचनमा उठाउने भन्दा पनि पार्टी भित्र रहेका प्रभावशाली व्यक्तिको पहिचान गर्न पनि लाग्नु पर्दछ। केन्द्रिय राजनीतिक अभिभारा बुझ्दै अनिवार्य विजयको लागी जस्तो सुकै मुल्य चुकाउन जिल्ला क्षेत्र स्थानीय तहको नेतृत्व तयार छ भने उम्मेदवार छनोटको बारे गरिएका प्रयास सम्भावना र प्रयोग बारे नियमित तहगत संगठनमा छलफल पारदर्शी सूचना सम्प्रेषण गरिनु पर्दछ।

स्थानीय संगठनमा काम गर्नु भनेको संगठनमा केन्द्रिय राजनिति गर्न नसक्ने होइनन। निर्वाचनमा उठेका सेलिब्रेटी उमेदवार जिताउने साधन मात्र होइनन समयक्रम सँगै राजनितिको केन्द्र भागमा बसेर नेतृत्व गर्न र जनताको बिचमा उमेदवार बनेर बिजय हासिल गर्न एक साथ सक्छन भन्ने कुरा बुझ्न बुझाउन जरुरी छ।

इलामले गलत संकेत दियो, अब रुपन्देहीले प्रमाणित गर्नुपर्छ।तनहुँको उत्साह, इलामको समिक्षा र रुपन्देहीको अवसरयी तीन तहलाई एकसाथ बुनेर मात्रै रास्वपाको अभियान सफल हुन्छ।

स्थानीय तहको संगठनको महत्त्व

आगामी स्थानीय निकायको निर्वाचन रास्वपाका लागि “लिटमस टेस्ट” हुनेछ। यहींबाट पार्टीको जनाधार, प्रभाव र कार्यक्षमता मापन गरिनेछ। आम निर्वाचनभन्दा पहिले हुने स्थानीय चुनावले जनताको रुझान र समर्थनको तस्विर देखाउनेछ।

शान्तिपुर्ण राजनितिको माध्यम बाट राजनीतिक रुपान्तरणको लक्ष्य राख्ने दलको दृष्टि निर्वाचन केन्द्रित हुनु स्वभाविक हो ।अबको प्राथमिकता स्पष्ट छ उप निर्वाचनमा बिजयी र सबल स्थानीय संगठन निर्माण र ८३ को स्थानीय निर्वाचन लक्षित संगठन विकास।

गतिशिल र जिम्मेवार नेतृत्व

संगठन निर्माणको मूल मन्त्र हुनुपर्छ: सक्रियता, गतिशीलता र सक्षम नेतृत्व। नेतृत्व त्यो हुनुपर्छ जसले टोलमा पुग्छ, जनतासँग गासिन्छ, जनभावना बुझ्छ र समाधानको बाटो देखाउँछ। नविन दृष्टिकोण,बिचार, निति, संगठन, योजना, प्रशिक्षण, अभियान, कार्यक्रम, कुटनितीको गतिशिल बुझाइ भएको नेतृत्वले मात्र नया संगठन निर्माण गर्न र हाक्न सक्छ।

केन्द्रिय नेतृत्वले अब ‘देखाउनकै लागि’ संगठन हैन, निश्चित समयमा ‘नतिजा दिन सक्ने’ संगठन बनाउनु पर्दछ। केन्दृय समितिको चरित्र राष्ट्रिय आकान्छा भाव चरित्र बोक्ने हुनु पर्छ! जनसंख्या भुगोल प्रदेशको संरचना बमोजिम केन्द्रिय समिति बन्नु पर्छ। साम्सदहरुले मात्र कामको रिपोर्ट कार्ड पेश गर्ने होइन तहगत जिम्मेवारीमा रहेका नेतृत्वले पनि रिपोर्ट कार्ड पेश अनिवार्य पेश गर्ने गर्नु पर्छ।

संगठन निर्माणमा प्रत्यक्ष नखट्ने, प्रदेश जिल्ला नगर वार्ड टोल नटेक्ने आफ्नै जन्म भुमि कर्म भुमीमा काम नगर्ने तर उक्त प्रदेश बाट केन्द्रिय समितीमा प्रतिनिधित्व गर्छु भन्नु संगठनात्मक जीवनमा हास्यस्पद कुरा हो ।

सवै प्रदेश नटेक्ने केन्द्रिय नेता, प्रदेशका सवै जिल्लामा योगदान नदिने प्रदेश नेता , सवै गाउ/ नगर पालिका नचिन्ने जिल्ला नेता सवै वडा नटेक्ने नगर नेता लाइ उपयुक्त प्रक्रिया अपनाएर एक तह घटुवा गर्नु पर्छ।

संगठनको उद्देश्य नेताको प्रचार होइन, जनतासँगको सशक्त सम्बन्ध हो। संगठन भनेको नामको समिति बनाउने, प्रभावहीन अनुहार जोड्ने र सोसल मिडियामा पोस्ट गर्ने विषय होइन।संगठनमा ‘झिक्रो खडा गर्ने शैली’ले संगठन होइन, केवल भ्रान्ति बनाउँछ। कमजोर संगठन र असक्षम नेतृत्वको असर आगामी निर्वाचनमा देखिने हुदा आजै सच्याउनु जरुरी छ।

संगठन निर्माणको मापदण्ड पारदर्शी र समावेशी हुनुपर्छ।

समिति बनाउँदा कुन दिन सदस्यता लिएको हो? ‘कुन घनिष्ठ साथी हो’ कस्को चिनजान छ भन्ने हैन, ‘कसको क्षमता अनुभव हुटहुटी र नविन राजनितिक दृस्टी छ’ भन्ने आधार हुनुपर्छ। समाज र देश अनुकुलको समावेशिता कायम गर्न संगठनमा सम्झौता गर्नु हुदैन।

मिशन ०८३ र मिशन ०८४ को सेतु

‘मिशन ८३’ को सफलता ‘मिशन ८४’ को आधार हो। स्थानीय तहमा जित्न सकिएन भने आम निर्वाचनमा “राष्ट्रव्यापी परिवर्तन” को सपना अधुरो रहन्छ। त्यसैले संगठन निर्माण केवल औपचारिकताको विषय होइन, यो रणनीतिक पूर्वाधार हो।

त्रुटि स्वीकार गर्दै सुधारतर्फ:

सफलता त्यहाँ हुन्छ जहाँ कमजोरीलाई नदेखेझैँ नगरिन्छ, बरु त्यसमाथि नयाँ सोच, नयाँ शैली र नयाँ नेतृत्वको निर्माण गरिन्छ। पुरानै गल्तीहरू दोहोर्याउँदै अघि बढ्न खोज्नेहरू इतिहासमा हराउँछन्।

तेस्रो वार्षिक उत्सव मनाइसकेको रास्वपाको लागि समय आएको छ पुराना संरचनाहरूलाई परीक्षण गर्ने, गल्तीहरूलाई चिन्ने र सक्षम नेतृत्वको नयाँ पुस्ता उभ्याउने।

निष्कर्षमा:

राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली जनताको भरोसालाई संगठनात्मक शक्तिमा रूपान्तरण गर्न सकेन भने यो भरोसा क्षणिक हुने खतरा रहन्छ। तर यदि केन्द्रदेखि वडासम्म सशक्त, सक्षम र सक्रिय संगठन निर्माण गर्न सकियो भने रास्वपा भविष्यको मात्रै हैन, वर्तमानको पनि निर्णायक शक्ति बन्नेछ।

आजको निर्णायक शक्ति बन्ने भनेको बैचारिक स्पस्टता सहित निति र एजेन्डा बारे संगठनात्मक प्रशिक्षण, देशव्यापी मजबुत अनुशासित संगठन र उपनिर्वाचनमा अनिवार्य विजयको सन्देश निकाल्नु हो।

मिशन ८३/८४ को लागी ‘सशक्त संगठन, विजयी रास्वपा’ को नारालाइ महाअभियानको रुपमा कार्यान्वयन गर्न सके उपनिर्वाचन बाट उक्लिँदै देश ८४ को शानदार विजयी सँगै आर्थिक सामाजिक रुपान्तरणको नयाँ यात्रामा प्रवेश गर्नेछ।

लेखक : वैकल्पिक राजनीतिको अभियान्ता रहेका ज्ञवाली रास्वपा निकट छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...