नेसपा(नयाँ शक्ति) गण्डकीको संयोजकमा नेत्र

कास्की । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) गण्डकी प्रदेशको संयोजकको जिम्मेवारी नेत्र चापागाईंले पाएका छन् । गत महाधिवेशनमा डा.बाबुराम भट्टराईसँगै अध्यक्षमा प्रतिस्पर्धा गरेका नेत्रलाई गण्डकी प्रदेश स्तरीय बैठक एवं प्रशिक्षण कार्यक्रमपछि प्रदेश संयोजकको जिम्मेवारी दिएको हो।

कास्कीको अन्नपूर्ण गाउँपालिका लुम्ले स्थित कृषीकेन्द्रको तालिमहलमा दुई दिनसम्म चलेको आवासीय बैठकमा पार्टी केन्द्रीय अध्यक्ष डा.बाबुराम भट्टराई र महासचिव सोनामसिंह स्याङ्तान लगायत गण्डकी प्रदेशका उर्जा जलस्रोत र खानेपानी मन्त्री फणीन्द्र देवकोटा,पार्टी अनुशासन आयोगका प्रमुख मोती रिजाल लगायतले प्रशिक्षण दिएका थिए। सोही बैठकले नयाँ शक्ति विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष समेत रहेका युवा नेता चापागाईंलाई प्रदेश संयोजक बनाएको हो। उनी विद्यार्थी अध्यक्ष हुँदा शिक्षा सुधारको आन्दोलनमा माइतीघरदेखि ७ वटै प्रदेश राजधानीमा उभिएर सबैको ध्यान खिचेका थिए।

यसैगरी बैठकपछि पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेसपा(नयाँ शक्ति) अध्यक्ष डा.भट्टराईले जनताको नजरमा बद्नाम भएका र भ्रष्टहरुसँग कुनै सहकार्य र सम्झौता नहुने प्रष्ट पारे।उनले भने,-‘तर, जनताको मुद्दामा जुनसुकै पक्षसँग सहकार्य हुनेछ। वैकल्पिक शक्तिहरुसँगै धेरै कुरामा सहमत हुने भएकोले सहकार्य पनि वैकल्पिक र जनपक्षीय समूहसँगै हुनेछ,यद्यपि बदनाम र भ्रष्ट शक्तिसँग कुनै सम्झौता हुँदैन ।’

पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले नेसपा(नयाँ शक्ति) जनताको मुद्दा लिएर अगाडि बढेको शक्ति भएकोले जनताको मुद्दाहरूमा सहमत हुने जो कसैसँग सहकार्य गर्न सकिने भएपनि भ्रष्ट, बेइमान र गन्हाएकाहरुसँग सहकार्य नहुने दोहोर्‍याए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...