लसुन खानुभएको छ ? यस्ता छन् फाइदा

के तपाईंले बिहान उठ्ने बित्तिकै खाली पेटमा लसुनको एउटा टुक्रा खाने गर्नुभएको छ ? यदि छैन भने आज यसबारे कुराकानी गरौं । लसुनलाई रोगको शत्रु, जीवनको मित्र भनिन्छ किन होला ?

हजारौं वर्षदेखि हाम्रो आयुर्वेद, पुरातन चिकित्सा प्रणाली, र घरेलु ज्ञानले लसुनलाई अमृत समान औषधि मानेको छ।  विशेषगरी बिहान उठ्नेबित्तिकै खाली पेटमा एउटा काँचो लसुन खाने बानी
हाम्रो शरीर, मन र स्वास्थ्यको लागि एउटा चमत्कारी वरदान बन्न सक्छ।

लसुनले दिने फाइदा (खाली पेटमा खाँदा):

१. रोग प्रतिरोधात्मक शक्ति बलियो बनाउँछ: लसुनले शरीरमा रोगसँग लड्ने इम्युन सिस्टम बलियो बनाउँछ।नयाँ रोग, भाइरस, संक्रमण टाढा रहन्छ।

२. रगत सफा गर्छ, मुटु स्वस्थ राख्छ:लसुनले रगतमा भएको फोहोर तत्व हटाउँछ, रक्तचाप नियन्त्रण गर्छ, मुटु रोगको खतरा घटाउँछ।

३. पाचन प्रणालीलाई सशक्त बनाउँछ:खाली पेटमा लसुन खाँदा पेट सफा हुन्छ,ग्यास, अपच, कब्जियत, बान्ता जस्ता समस्या हराउँछ।

४. कोलेस्टेरोल घटाउँछ:लसुनले शरीरमा रहेको नकारात्मक बोसो घटाउँछ,धमनी बन्द हुने सम्भावना कम गर्छ।

५. क्यान्सर र ट्युमरको खतरा घटाउँछ:अनुसन्धानले देखाउँछ भने
लसुनमा पाइने एलिसिन नामक तत्वले क्यान्सरजन्य कोषहरूसँग लड्ने क्षमता राख्छ।

६. सासप्रश्वास प्रणाली सुधार गर्छ: श्वासप्रश्वासमा समस्या हुने, दम, एलर्जी हुनेहरूले लसुन खान थालेपछि सुधार देखिन्छ।

७. जिगर र मिर्गौलालाई मजबुत बनाउँछ: लसुनले शरीरको विषाक्त पदार्थ निकाल्न सहयोग गर्छ, जिगर र मिर्गौला सफा रहन्छ।

८. तौल घटाउने प्रक्रिया सुरू गर्छ: लसुनले शरीरको बोसो जलाउने प्रक्रिया सुरु गर्छ,तौल घटाउन चाहनेका लागि उत्कृष्ट घरेलु उपाय।

९. छालालाई चम्किलो र रोगमुक्त बनाउँछ:भित्रैदेखि सफा शरीरले
छालामा चमक, रौँ सफा बनाउँछ।

१०. तनाव, चिन्ता, मानसिक थकान घटाउँछ:लसुनले मानसिक सन्तुलनमा सुधार ल्याउँछ,तनाव र डिप्रेशन घटाउँछ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय