त्रिवि नबुझ्दा भीसी बराल प्रचण्डकै कारण गए
मनोज कुमार कर्णगत २०८२ ज्येष्ठ २६ गतेतिर स्तम्भकार नै आधिकारीक सूचनाकाे स्राेत मुख्यलाई आधार बनाएर एउटा अनलाईन न्यूजले “चिकित्सा शिक्षा जाँचबुझ आयाेग, २०७४ बारे गलत सूचना निष्क्रिय” शीर्षककाे एउटा समाचार प्रकाशन गर्याे ।
उक्त समाचारमा प्रमुखरूपमा काँग्रेसबाट उछिट्टिएर २०८० सालतिरै नेकपा माओवादीका पुष्पकमल दाहाल “प्रचण्ड”ले एमाले र रास्वपासँग सरकार बनाईरहँदा त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा मेरिटाेक्रेसीकाे नाउँमा नितान्त आफ्ना दलीय क्याडर प्रा. केशरजंग बराललाई १४ जना अन्तर्वार्ताका प्रतिस्पर्धीमध्ये अन्तिम तीनजना केवल वामपन्थी पृष्ठभूमी भएकाहरूकाे नाम भीसीमा सिफारिश गर्ने बेला लाेकतान्त्रिक पृष्ठभूमीका, उच्च शिक्षा बुझेका तथा पूर्व भीसी प्रा. तीर्थराज खनियालाई कसरी अनेक तिकडम गरि फाले, साेबारे विस्तृतमा थियाे ।
चारवर्षे कार्यकालकाे लागि २०८० फाल्गुण ११ गते भीसीकाे रूपमा त्रिविमा जानुभएका बराल २०८१ चैत्र २८ गते नै राजीनामापनि स्वीकृत परिस्थिति फेरिएकाे अवस्थामा काँग्रेस र एमालेकाे संयुक्त केपी ओलीकाे सरकारबाट असहयाेग पाएर घर जानुपर्याे । याे उच्च शिक्षाकाे लागि मर्माहत गर्ने कुरा भएपनि भीसी बराललाई भने प्रचण्ड साे बेला त्रिविका कुलपति र रास्वपाबाट शिक्षामन्त्री सुमना श्रेष्ठकाे गैह्रकानुनी गतिविधि, जनतालाई भ्रम छर्ने कार्य र भीसी बराललाई त्रिविकाे पुनर्संरचना गरि नेपालकै उच्च शिक्षाकाे उद्धार गर्ने मुख्य कार्यभन्दा पर दलीय नियुक्तिकाे लागि पेल्दा भीसी बरालमाथि यति अदृष्य ब्याकफायर आफ्ना र पराया सबैबाट भए कि उनी घर जान बाध्य भए । आज बराल गुमनाम छन्, असहयाेगकाे नाममा वर्तमान कुलपति केपी ओली गाली खाँदैछन् तर भीसी बराललाई असफल गराउने दलीय तथा गैह्रकानूनी गतिविधिका असली खेलाडी प्रचण्ड र सुमना श्रेष्ठ चूप्की साँधेका छन् ।
याे लेख भने तथ्यमा आधारीत डा. खनियाबारेकाे समाचारलाई उद्धृतगर्दै आखिरमा सरकार कतिञ्जेल गिनिया पिगकाे रूपमा केही महिनाका लागि त्रिविकाे पुनर्संरचनासहित उच्च शिक्षाकाे स्त्तर उकास्नलाई नयाँ नयाँ भीसी ल्याईरहने हाे भन्नेबारे छ ।
प्रचण्ड र सुमनाले यसरी खनियालाई फाले
त्रिविकाे आईओएमकाे डीनमा वरिष्ठलाई नियुक्ति हुनुपर्ने र नयाँ मेडिकल कलेजलाई सम्बन्धन हाललाई नदिईनुपर्ने भनेर डा. गाेविन्द केसीकै अनशनकाे दबावमा तात्कालीन प्रम तथा त्रिविका कुलपति शेरबहादुर देउवाकाे सरकारले त्रिवि, काठमाडाैं युनिवर्सिटि, बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलगायत मेडिकल क्षेत्रमा आएकाे विवाद समाधान गर्न “चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयाेग, २०७४” मिति २०७४/०१/०४ गते विशेष अदालतका पूर्व अध्यक्ष न्यायधीश गाैरीबहादुर कार्कीकाे अध्यक्षतामा डा. उपेन्द्र देवकाेटा तथा शिक्षामन्त्रालयका सहसचिव सूर्यप्रसाद गाैतमसहित ३ सदस्यीय गठन गरेकाे थियाे ।
त्यस्काे टर्म्स अफ् रिफेरेन्स नै कुनै कुरा रिपाेर्टमा राख्ने/नराख्नेमा राय बाझियाे भने कम्तिमा दुई सदस्यकाे सहमतिकाे बहुमत हस्ताक्षर हुनुपर्ने र साे प्रतिवेदन सरकारलाई बुझाउनेमा तीनजनै सदस्यकाे हस्ताक्षर सहमति अनिवार्य थिए ।

पछि पूर्व न्यायधीशबाटै नियम-कानूनकाे परिपालना भएन र एकल हठमा भीसी तीर्थराज खनियासहित सबै विचारका ४२ जनालाई “दाेषी” ठहर्याउँदै एकप्रकारले “दण्ड”पनि ताेकिए । त्रिविकाे सम्वेदनशीलता, गाेपनीयता सबैलाई बेवास्ता गर्दै त्रिविमाथि जाेडदार प्रहारगर्दै उक्त कथित् प्रतिवेदन बुझाइयाे, साेहि २०७४ काे माघमा ! डा. देवकाेटा सदस्यमा नियुक्त हुने बित्तिकै बेलायत गएपछि विरामी पर्दा अब नेपालमै प्राण त्याग्ने भनी आए र लगत्तै बितेपनि । पछि देवकाेटाकाे ठाउँमा अर्काे सदस्य नै नियुक्त गरिएन अर्थात्, कार्की आयाेगकाे अपूर्णाताले गर्दा एउटै बैठक नै बसेन । त्यसपछि प्रतिवेदन भन्दा कानूनी वैधता र अपूराेपनि छ भनी नबुझाउनलाई मन्त्रालयका सहसचिव तथा साे आयाेगका सदस्य-सचिव सूर्यप्रसाद गाैत्तमले नाेट अफ् डिसेन्ट नै लेख्दा पनि कागजकाे बाइन्डिङ्ग कार्कीद्वारा बुझाइयाे ।
पछिल्लाेपटक माओवादी र रास्वपाकाे पुष्पकमल दाहाल “प्रचण्ड”काे सरकारकाे बेला रास्वपाबाट शिक्षामन्त्री सुमना श्रेष्ठद्वारा त्रिवि वा कथित् कसूरदार ठहराइएका सराेकारवाला ४२ जना वा आफ्नै पूर्ववर्ती शिक्षामन्त्रीहरू कसैसित आजसम्म किन उक्त आयाेगकाे प्रतिवेदन सार्वजनीक गरिएनबारे एक वचन नसाेधिकन गत २०८० काे चैत्र २८ गतेतिर उक्त कथित् प्रतिवेदनलाई “मन्त्रालयकाे प्रगति विवरण” भनेर सार्वजनिकिकरण गरिएकाे थियाे । त्याे बेला वास्तवमा प्रचण्ड सरकारले त्रिविकाे भीसीकाे विज्ञापन गरेकाले प्रबल दाबेदार तीर्थराज खनियालाई शर्टलिस्टबाट फालेर माओवादी उम्मेद्वार केशरजंग बराललाई ल्याउनलाई त्याे गैह्रकानूनी तथा एकतर्फा गाैरीबहादुर कार्कीकाे कुरा कागजकाे बाईन्डिङ्गलाई “मन्त्रालयकाे प्रगति विवरण” भनी लेखिएकाेलाई हथियार बनाउन शिक्षा मन्त्रालयकाे वेब साईटमा सार्वजनीक गरिएकाे थियाे । प्रचण्ड सरकार साे बेला आफ्नाे उद्देश्यमा सफल भएकाे थियाेपनि ।
आयाेगका अध्यक्ष पूर्वन्यायधिश कार्कीकाे गलत अर्थ्याईस्वरूपकाे कागजलाई प्रतिवेदन भनी सरकारी वेबसाईटमा राखिंदा यस्ताे प्रचारबाजीले आफूहरूकाे मानहानी भएकाे भनी पूर्व भीसी तीर्थराज खनियाले प्रधानमन्त्री (कुलपति) काे कार्यालय र शिक्षा मन्त्रालयलाई विपक्षी बनाएर सर्वाेच्च अदालतमा ०८१-WO-०४९९ दर्ता भएकाे उत्प्रेषण मुद्दा दर्ता गरायाे । साे मुद्दामाथि न्यायधिश हरिप्रसाद फुयालकाे एकल ईजलाशले सुनुवाईगरी २०८१/०७/२६ गते फैसला सुनाएर मिति २०८१/०८/०२ मा अन्तरीम आदेश नै वादीकाे पक्षमा जारीगरेकाे हाे ।
बराललाई क्याडरबाट भीसी बन्नै दिएनन्
प्रा. बराल त्रिविकाे भीसीमा प्रचण्ड सरकारद्वारा नियुक्त हुँदा काँग्रेस सरकारकाे पार्टनर थियाे तर लगत्तै एमालेले काँग्रेसकाे ठाउँ २०८० सालकाे पछिल्तिर लियाे । स्वयं काँग्रेस सभापति शेरबहादुर देउवालाई भीसी केही हाेईन, रजिष्टार नै सबैथाेक हाे भनी २०७४ फाल्गुण २० र २१ गतेकाे प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालकाे महाधिवेशनबाट तीन वर्षे कार्यकालकाे लागि भनेर आज पर्यन्त अध्यक्ष खाइरह्नुभएका जगतप्रसाद तिमल्सिनाले भनेकामा प्रचण्डले सजिलै भीसी लिएर लगत्तै सरकार नै परिवर्तन गर्दा आफू अनुकूल सबै थाेक गर्न पाउनेभनी मक्ख थिए । माओवादीले एक प्रकारले अत्यन्त अप्ठ्याराे आफ्ना कथित् एकाधजनाबाहेक सबै सकिनेलाई युनिवर्सिटिमा पठाउन भ्याइवरी थपमा वामपन्थी र स्वतन्त्र भनी रास्वपालाई झाँसादिंदै कम्युनिस्टलाई नै पदहरूमा सेट गरि सत्ताकब्जा गरे नै । कुलपतिकाे रूपमा प्रचण्डले त्रिवि र उच्च शिक्षाकाे चासाे भई नेपाली विद्यार्थी ब्रेन ड्रेन भइरहेकाे तर्फ पूर्ण जानकार रहेपनि आउने चुनावकाे लागि तयारी गर्नुपर्ने भएकाेले मतलब नै राखेनन् अर्थात्, सत्तामा नपुगुञ्जेल मात्र उनकाे भाषण यस्ताे उस्ताे हुनुपर्ने सुनिन्थ्याे, गएपछि नयाँ केही भएन ।
भीसी बरालले भने २०६४ देखि २०६८ सम्म पाेखरा विश्वविद्यालयमा वाईसिएल राखेर भीसी कथित् रूपमा चलाएका थिए । त्रिविमा व्यवस्थापन विषयकाे ज्ञान, भीसीकाे एक कार्यकालकाे अनुभव, आफूले नै भीसी चलाएकाे प्रमाणित पाेखरा र अब त्रिविमा पनि सावित गर्नुपर्ने र त्रिविकाे पुनर्संरचनासहित नयाँपन उनै पूर्वभीसी तीर्थराज खनियाकाे त्रिवि भिजन सन् २०२० देखि २०३० मै आफ्नाे वर्क प्लान पेपर कार्यसमिति नै गठन गरेर सेट गरि अरूकाे प्लानमा आफ्नाे कार्य गर्नुपर्ने र बाहिर सबै विचारका सँग म मिलेकाे हुँ अथवा धाक, धम्की, बन्द, हड्ताल, उनै जगत तिमल्सिनाले आफूलाई नै रजिष्ट्रारमा हाल्नुपर्ने दिनहुँकाे अवराेध पुर्याईरह्ने आदि भारले थिचिएर पछि वर्तमान कुलपति ओलीबाट पनि सरकारी असहयाेग तर एमालेका मान्छेलाई नियुक्तिमा हावी गर भन्ने थप पेलानले घर जान बाध्य भए ।
प्रचण्ड कुलपति र सुमना श्रेष्ठ सहकुलपतिले जे जति दलीय नियुक्तिमा भीसी बराललाई सावधिक पदहरूमा र ठेक्का करार भनी कर्मचारीहरू राख्न भनी दिएपनि उनलाई अब त्रिविकाे पुनर्संरचना गर्न दिन, शैक्षिक क्यालेण्डर लागू गर्न दिन र अन्य सानातिना तर महत्त्वपूर्ण कार्य दिन समयनै दिएनन्, खाली पेलेर अब यसरी दलीयकरण क्याम्पस चीफमा आदिमा गर भनेर दिमाग स्वतन्त्र रह्न दिएनन् । स्वयं बरालपनि कम बाेल्ने, दलकाे लागि नियुक्ति बाँडिसकेर भीजन भए पाे भिजनमाथि अब नयाँ कार्य गर्ने हाे अर्थात्, उनी जान नै पर्खेका थिए, याे कुलपति ओलीले बहाना दिए । चाईनीज बीआरआईकाे रकममा पाेखरामा त्रिवि पदाधिकारी सबैलाई बरालले लगेर सबै दलका नेता, शिक्षामन्त्री विद्या भट्टराई आदिसँग चिनियाँ र विदेशीलाई नाच्नलाउने बाहेक उनले कामगर्न लाई साँच्चिकै अमेरिका र विश्वका डाेनरहरूले भीसी बराललाई भेट्न खाेज्दा अंग्रेजी बाेल्नुपर्ला, अप्ठ्याराे छ भन्दै कुनै भेटघाट वा काम नै गर्न सकेनन् ।
यसरी प्रचण्डहरू आफ्नै चारवर्षे भीसी बराललाई १३ महिनामा घर पठाउने कारण बने । हामीले त बराललाई भीसीकाेरूपमा गर्नुपर्ने यी यी कार्य तर गरिरहेका अर्कै भनेर लेखेर भेटेर सम्झाएकाेमात्र हाे ।
अब के त ?
हाल स्नातककाे भर्ना स्ववियु चुनावपछि पुन: किन नखुलाएकाे भनी सबै विद्यार्थी नेता आएपनि तीन महिने भीसी खड्ग केसीकाे अफिसमा नेवि संघका मात्र देखेर उनले म भेट्दै भेट्दिनँ भनेपछि ताेडफाेड केही व्यक्तिले गरे जाे नेवि संघकाे भेषमा अन्य पनि रहेकाे भनी पद्म कन्या क्याम्पस तथा पाटन क्याम्पसका स्ववियु सभापतिहरूले स्तम्भकार तथा मीडियालाई अलग अलग बताएका छन् ।
उनीहरूकाे तालाबन्दी भीसी केसीकै कारणले भएकाे हाे, वार्ता गरेर कन्भिन्स गर्न नचाहेकाले । यस बीच त्रिविमा फास्ट ट्रयाक, खुला, आन्तरीक धेरै सिटमा विभिन्न पदमा प्राध्यापककाे विज्ञापन गरिएकाे छ । सामान्यरूपले जान दिए पुन: छ महिनामा अर्काे यस्तै विज्ञापन गरिने सुनिंदैछ । तर पढेर, प्लेजिएरिज्म चेक गरेर लेख लेख्ने, कतिपयले नेपालमै रहेर थाईल्याण्डमा पीएचडीकाे शाेधग्रन्थ नेपालबाटै लेखाईरहेका, एउटा विषयमा सेवारत्त तर अर्कै विषयमा अध्ययन अनुसन्धान गरेका उम्मेद्वार, अदालतले नै बाटाे आन्तरीकबाट स्थायी प्रवेश राेकिदिएकाेमा अब म गराई दिनेछु भनी झूठा वाचा दिने यस्तै यस्तै स्वार्थी तत्वहरूले त्रिविमा हाल एउटामा अर्काे ताल्चा लगाईरहेकाे दिनहुँकाे खेल हाे । यस्तामध्ये कसैलाई लेख रचना प्लेजिएरिज्म चेकबाट प्रशस्त नभएपनि, विदेशमा पीएचडी थेसिस लेखिंदापनि हाल प्रमाेशनसहित त्रिविमा पदाधिकारी चाहिएकाे छ ।
स्तम्भकारले भने याेग्यता नपुगे आफ्नाे बढुवा छुटेमा सहजै स्विकार्न तयार तर नियमित विज्ञापनद्वारा याेग्यहरूकाे प्रवेश र प्राध्यापक छाता संघहरूकाे नियमित अधिवेशन माग्नेमा दृढ छ । यस्ताेमा त्रिविकाे पुनर्संरचना गर्दै नेपालकै समग्र उच्च शिक्षाकाे भविष्य उत्थान गर्नुछ । यस्ताेमा नयाँ भीसी सरकारले दिंदा यतिका अप्राज्ञिक मान्छेले तालाबन्दी निहित स्वार्थमा विचारा आँशिक र करारलाई गलत आश्वासन दिई प्रयाेग गरिरहेकामा दलकाे चश्माबाट उठेर उनै पूर्व भीसी तीर्थराज खनियालाई दिंदा हुन्थ्याे, जसले यी ताल्चाहरू खुलाउने वा फुटाउने सबै ल्याकत राखेर त्रिविकाे पुनर्संरचनासहित नेपाली जनताकाे कार्य गर्नेछन् । यदि यस क्यालिबरकाे अर्काे उम्मेद्वार त्रिविकाे भीसीमा छ भने स्वागत छ । तर केही महिनाकाे लागि बायाेडेटा भर्नलाई कसैलाई नपठाइयाेस् !
(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

