एयर इन्डियाको विमानमा सवार २४१ को मृत्यु

एजेन्सी । भारतको अहमदाबादबाट लन्डनतर्फ जाँदै गरेको एयर इन्डियाको विमान दुर्घटनामा परी विमानमा रहेका २४२ मध्य २४१ को ज्यान गएको छ । एक जना यात्रु भने उछिट्टिएर बाँचेको समाचारमा जनाइएको छ।

उडान भरेको केही मिनेटमै दुर्घटनामा परेको विमानमा चालक दलका १२ जनासहित २४२ जना यात्रु सवार थिए। त्यसमा १ जना बाहेक कोही पनि जीवित नभेटिएको प्रहरीलाई उद्धृत गर्दै रिउटर्सले जनाएको छ ।

विमान टेक अफ गरेको केहीबेरमै अहमदाबाद विमानस्थल नजिकैको बस्तीमा खसेको थियो । विमान लन्डनको ग्याटविक विमानस्थल जाँदै थियो। जसमा गुजरातका पुर्व मुख्यमन्त्री समेत थिए। उनको मृत्यु पुष्टि भैसकेको छ।

सवार यात्रुमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडाली थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय