०८४ मा कांग्रेस,एमाले र माओवादी होइन नयाँ आउँछन् -डा.भट्टराई

काठमाडौं । पुर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेका ठुला भनिएका दलका कारण देशको अवस्था परिवर्तन नभएको बताएका छन् ।

बिहिवार आयोजित पत्रकार भेटघाटमा उनले नामै लिएर नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका कारण देशको अवस्थामा परिवर्तन हुन नसकेको बताएका हुन्। उनले ०८४ को निर्वाचनमा यी दल जनताबाट नाङ्गिने र नयाँ वैकल्पिक शक्तिहरुले चुनाव जित्ने समेत बताए।

पार्टीको १० औँ स्थापना दिवसका अवसरमा आयोजित पत्रकार भेटघाटमा उनले तीन दलका शिर्ष नेताहरूले १० वर्षमा आफू- आफूमा कुर्सी साटासाट गर्ने बाहेक देश र जनताका निम्ति केही गर्न नसकेको बताए। उनले देशको अवस्थामा परिवर्तन हुन नसक्नुको मुख्य जिम्मेवार यिनै तीन दल रहेको औंल्याए ।

त्यसैगरी देशमा सुशासन कायम हुन नसकेको भन्दै उनले अझै भ्रष्टाचारका चाङ उदाङ्गो भैरहेको समेत बताए। सत्तामा पुग्ने र आफ्नो भ्रष्टाचार लुकाउन विपक्षीलाई देखाउने प्रवृत्ति देखापरेको भन्दै पुर्वप्रधानमन्त्री भट्टराईले मुलुकको अवस्था हेर्दा पुराना दलहरुबाट मुलुकको परिवर्तन नहुने र आगामी निर्वाचनबाट उनीहरु बढारिने समेत जिकिर गरे।’अबको निर्वाचनमा कांग्रेस,एमाले र माओवादी बढारिने छन् । नयाँ शक्तिको रुपमा आएका दलले ०८४ को निर्वाचन जित्ने छन्’- उनले भने ।

डा.भट्टराईले आर्थिक विकास र समृद्धिका निम्ति मुखले ठुला कुरा गरेरमात्रै नहुने भन्दै सरकारबाट जनता अल्मल्याउने र आफ्नो कुर्सी जोगाउने बाहेक केही काम हुन नसकेको जिकिर गरे। साथै उनले सरकारले ल्याएको बजेटमा नयाँ कुनै पनि कुरा नरहेको समेत टिप्पणी गरे।

भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) ले भोलि राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना गरि पार्टीको १० औं स्थापना दिवस मनाउने पनि सो पत्रकार भेटघाटमा जानकारी गराएको थियो। सो कार्यक्रममा पुराना शक्तिलाई निम्ता समेत नगरिएको र नयाँ वैकल्पिक शक्तिहरुलाई बोलाएर छलफल गर्न लागिएको जानकारी पनि दिइयो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...