अहमदाबाद विमान दुर्घटना : धेरै यात्रुको ज्यान गएको आशंका

एजेन्सी । भारतको अहमदाबादबाट लन्डनतर्फ जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार उडान भरेको केही मिनेटमै दुर्घटनामा परेको छ। विमानमा २४२ जना यात्रु सवार थिए।

एयर इन्डिया र प्रहरीले जनाए अनुसार विमान अहमदाबाद विमानस्थल नजिकैको बस्तीमा खसेको हो। भारतका केन्द्रीय स्वास्थ्य मन्त्रीले धेरै मानिसको ज्यान गएको पुष्टि गरेका छन्।

विमान लन्डनको ग्याटविक विमानस्थल जाँदै थियो। सवार यात्रुमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडाली थिए।

फ्लाइट राडारका अनुसार दुर्घटनाग्रस्त विमान बोइङ ७८७–८ ड्रीमलाइनर थियो, जुन हालको अत्याधुनिक यात्रुवाहक विमानमध्ये एक हो।

एयर इन्डियाले सामाजिक सञ्जामा भनेको छ, ‘हामी अझै विस्तृत जानकारी संकलन गर्दैछौं। घाइतेहरूलाई नजिकको अस्पताल लगिएको छ।’

टेलिभिजन च्यानलहरूमा देखिएको फुटेज अनुसार विमान बस्तीमाथि उडेको देखिएको थियो र केहीबेरमा आगोको ठूलो मुस्लो आकासतर्फ उठेको देखिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय