नयाँ निर्वाचन क्षेत्र खोज्दै प्रचण्ड !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आगामी ०८४ को निर्वाचन कसरी जित्ने भन्दा पनि कहाँबाट जित्ने भन्ने चिन्ता छ।

०६४ को संविधान सभा निर्वाचनदेखि हरेक पटक फरकफरक ठाउँबाट निर्वाचन लडेका प्रचण्डले पछिल्लो प्रतिनिधि सभा निर्वाचन गोरखा-२ बाट जितेका हुन् । जहाँ ०६४ पछि बाबुराम भट्टराईले चुनाव जित्दै आएका थिए। बाबुरामलाई फकाएर निर्वाचन क्षेत्र लिएपछि प्रचण्डले निर्वाचन क्षेत्रका जनतासँगै  बाबुरामलाई समेत धोका दिएको चर्चा छ।

पहिलो संविधान सभा निर्वाचन काठमाडौं-१० र रोल्पा-१ बाट जितेका प्रचण्डले दोस्रो संविधान सभा निर्वाचनमा सर्लाहीबाट जितेका थिए। त्यसपछि ०७४ को प्रतिनिधि सभा निर्वाचन चितवन-३ बाट जितेका प्रचण्ड ०७९ मा गोरखा-२ पुगे। हरेक पटक फरकफरक निर्वाचन क्षेत्र खोज्नुपर्ने बाध्यतालाई प्रचण्डले आगामी ०८४ मा पनि निरन्तरता दिने देखिन्छ। किनभने अब गोरखा-२ बाट प्रचण्ड चुनाव लड्ने अवस्था छैन। संभवत ०८४ मा यो क्षेत्रमा पुर्व प्रधानमन्त्री डा.भट्टराई आफैं चुनाव लड्ने छन् ।

पछिल्लो समय बाबुराम-प्रचण्डको सम्बन्ध राम्रो छैन । बाबुरामलाई धोका दिएका प्रचण्डलाई गोरखाका जनताको पनि साथ नरहने पक्का छ। त्यसैले प्रचण्ड नयाँ निर्वाचन क्षेत्रको खोजीमा छन् । उनको घर चितवनको भरतपुर महानगरपालिका-१४ हो। तर,उनी त्यहाँ चुनाव लड्ने अवस्था छैन। यसअघि नै चितवनबाट चुनाव जित्ने अवस्था नदेखेरै प्रचण्ड अन्यत्र गएको चर्चा र यथार्थ सबैलाई थाहा छ।

माओवादीको जनाधार बलियो भएको रुकुम,रोल्पा,जाजरकोट तिर जाने सोचाइ प्रचण्डको भएपनी त्यहाँ माओवादीका शक्तिशाली नेताहरू जनार्दन शर्मा,बर्षमान पुन र शक्ति बस्नेतले ठाउँ दिदैनन् ।यो प्रयास ०७९ मै असफल भएको हो। त्यसैले प्रचण्डले अब कास्की तिर नजर डुलाएका छन् । कास्की प्रचण्डको जन्मगाउँ हो। कास्कीको ढिकुरपोखरीमा जन्मेका प्रचण्डलाई कास्कीमा चुनाव जित्न सजिलो चाहिँ छैन।

यसका लागि प्रचण्डले माधवकुमार नेपाल,नेत्रबिक्रम चन्द विप्लव र बाबुराम भट्टराईका नेताकार्यकर्तालाई पार्टी एउटै बनाउदै छौं भनेर झुठ बोलिरहेका छन् ।बाबुरामको पार्टीमा रहेका केही ब्यक्तिलाई माओवादीमा फर्काउदै प्रचण्डले कास्कीको बर्णन गर्न थालेपछि उनले ०८४ का लागि कास्कीमा आँखा लगाएको बुझ्न सकिन्छ।

कास्कीमा माओवादी जनाधार बलियो छैन। ०६४ को संविधान सभामा ३ क्षेत्र जितेपनी त्यसपछि माओवादी जनमत घट्दै गएको छ। हाल कास्कीमा माओवादीको स्थानीयदेखि प्रदेश र संघमा चुनाव जित्ने प्रतिनिधि कोहि छैन।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय