कमेडी दरबारमा प्रदीप भट्टराईको इन्ट्री


काठमाडौं । विक्की अग्रवाल र श्रद्धा प्रसाईंको हास्य रियालिटी शो ‘कमेडी दरबार’ मा महाराजा फेरिएका छन् । सुरुमा महाराजा रहेका विजय बरालले छाडेपछि मनोज गजुरेल नयाँ महाराजा बनेर भित्रीएका थिए। अहिले उनको ठाउँमा निर्देशक प्रदिप भट्टराईको ‘इन्ट्री’ भएको छ ।

आगामी हप्ताको कार्यक्रमबाट महाराजाको रूपमा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराई भित्रिएको कमेडी दरबारले पुष्टि गरेको छ। यसमा महारानी भने सुरुदेखी गौरी मल्ल छिन् । यद्यपि  मनोज गजुरेल एक महिनाको युरोप भ्रमणमा रहेकाले मात्रै प्रदीपलाई अनुरोध गरिएको बताइएको छ। उनी बढीमा ५ हप्ता कमेडी दरबारमा महाराजा बन्ने छन् ।

प्रदीप भट्टराईलाई कमेडी दरबारको सिजन २ को १० औं एपिसोडबाट देख्न पाइनेछ । कमेडी क्लबमा जज बनिसकेका प्रदीप भट्टराईले कमेडी दरबारमा पाएको अवसरलाई पनि खुशी साथ स्वीकार गरेको आयोजकले जनाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय