प्रतिनिधिसभा बैठकको कार्यसूचीमा के छ ?

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज(आइतबार) बस्ने भएको छ। यद्यपि सत्ता पक्ष र प्रतिपक्षी बीच द्वन्द चलिरहेकोले बैठक बस्ने नबस्ने टुंगो छैन।

बजेट भाषणपछि संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक बस्न सकेको छैन। गृहमन्त्रीको राजिनामा मागिरहेका बिपक्षी दलले लचकता देखाएमा आइतबार दिउँसो एकबजे बस्ने गरी समय निर्धारण गरिएको संसद् बैठक चल्न सक्छ।

भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दलहरुले लगातार अवरुद्ध गर्दा यसअघिका बैठक कार्यसूचीमा प्रवेश गर्न पाएका छैनन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। सोही कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको छ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय