प्रधानमन्त्रीले उद्घाटन गरे जीवन विकास सामुदायिक अस्पताल

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको उद्घाटन गरेका छन् ।

आज मोरङमा आयोजित विशेष कार्यक्रममा उनले उक्त अस्पतालको उद्घाटन गरेका हुन् ।

मुलुकको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले सामाजिक व्यवसायको भावनाबमोजिम सो अस्पताल स्थापना भएको हो ।

प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डललगायतले स्वागत गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय