माधवकुमार नेपालको सांसद पद निलम्बन !

काठमाडौ। भ्रष्टाचार मुद्दा  दायर भएपछि पुर्व प्रधानमन्त्री एवं  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालको सांसद पद निलम्बन भएको छ ।

उनी रौतहट १ बाट निर्वाचित सांसद हुन् । एकीकृत समाजवादीको प्रतिनिधि सभामा १० सिट छ। नेपालमा प्रधानमन्त्री भैसकेको ब्यक्तिलाई भ्रष्टाचार मुद्दा  लागेको यो पहिलो घटना हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आजै पुर्व प्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियोे।  नेपालविरूद्ध पतन्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो। अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...