पुर्व सांसद बिष्टले ल्याए ‘मुस्ताङ बजार’

पूर्व प्रदेशसभा सदस्य एवं गीतकार ईन्द्रधारा बिष्टको शब्दरचना रहेको ‘मुस्ताङ बजार’ गीतको भिडियो छायांकन सकिएको छ ।
मायाप्रेमसंग जोडेर तयार पारिएको ‘मुस्ताङ बजार’ गीत तामाङ सेलोको भाकामा छ । गीतको म्यूजिक भिडियो काठमान्डौ स्थित ज्याम्छेन बिजाय स्तुपा नारायणथानमा छायांकन गरिएको हो ।
पुर्व सांसद बिष्टको ‘मुस्ताङ बजार’ गीतको संगित संयोजन बिष्णु लामाको रहेको छ भने शब्द बिष्ट आफैले सृजना गरेका हुन् । विश्व दोङ र निरा थापामगरको स्वर रहेको ‘मुस्ताङ बजार’ गीतको म्यूजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् ।
‘मुस्ताङ बजार’ गीत पूर्व सांसद बिष्टको छैटो गीत हो । यसअघि बिष्टले मुक्तिनाथको कसम,कागबेनीको कसम, हिमालपारि मेरो सुन्दर गाउँ छ , मुस्ताङी नानी,गाडी चल्यो कोरलाको नाकामा र हिमालको चिसो पाखाले लगायतका म्यूजिक भिडियो निर्माण गरिसकेका छन् ।

